१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै काँग्रेसले भन्यो, – स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको छानविन गरियोस



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरीदमा भएको भ्रष्टाचारको छानविन गर्न माग गरेको छ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै काँग्रेसले राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामाग्री खरिदमा कमिसन लेनदेन भएको भन्दै काँग्रेसले यसलाई निर्लज्जताको पराकाष्टा भनि टिप्पणी गरेको छ ।
ज्ञापनपत्रमा काँग्रेसले भनेको छ, ‘सरकार कोभिड १९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भएको भनिरहेको छ । त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गरियोस् । हालसालै पनि स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको विषय सार्वजनिक भएको छ । यी सबै भ्रष्टाचार, अनियमितता बारे छानबिन गरी तत्काल सार्वजनिक रुपमा जानकारी गरियोस् ।’

काँग्रेसले क्वारेन्टिनमा बसेका सबै नागरिकको पूर्ण स्वास्थ्य चेक गरेपछि मात्र घर पठाउन सरकारसँग माग गरेको छ ।
क्वारेन्टिमा बसेकाहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरेरमात्र घर पठाउन सरकारलाई आग्रह गरेको हो ।

काँग्रेसले मृत्यु भएका व्यक्तिको समेत अनिवार्य कोरोना परीक्षण गर्न र आइसोलेसनमा रहेकाहरुको समेत परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गर्न माग गरेको छ ।

केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा पत्राचार गरी क्वारेन्टिनमा १४ दिन बसेपछि पीसीआर परीक्षण नगरी घर पठाउन निर्देशन दिएको थियो ।

काँग्रेसले क्वारेन्टिनलाई मापदण्डअनुसार व्यवस्थित बनाउन माग गरेको छ । क्वारेन्टिनमा पिउने पानी, खाना, शौचालय र दूरीसहित बस्ने व्यवस्था मिलाउन, उमेर एवं स्वास्थ्य अवस्थाको अभिलेख तथा नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी, एम्बुलेन्स, परिक्षण तथा नियमित परामर्शको व्यवस्था गर्न माग गरिएको छ । प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘‘क्वारेन्टिन सञ्चालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत तत्काल उपलब्ध गरियोस् । सरकारले राजनीतिक आस्था र आग्रहका आधारमा स्थानीय तहलाई हेरिरहेको छ । यस्ता कार्य तत्काल बन्द गरियोस् ।’

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ३ : ०० बजे

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई