७ आश्विन २०८३, बुधबार | September 23, 2026

मन्त्रिपरिषद निर्णय : बिहीबारबाट व्यापार व्यवसाय सहज, जोरबिजोर नम्बरमा निजी सवारी चल्न पाउने



काठमाडौं । सरकारले सुरक्षा मापदण्ड अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बुधबार राति सम्पन्न मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै पसलहरू सञ्चालन गर्न दिने निर्णय गरेको हो । यो निर्यय बिहीबार देखि नै लागु हुनेछ ।

यस्तै, बैठकले जोरबिजोरका आधारमा जोर बिजोर दिन पारेर निजी सवारी साधन चल्न दिने पनि निर्णय गरेको छ । तर सार्वजनिक यातायात अहिल्यै संचालन गर्न नसकिने निस्कर्ष निकालिएको छ ।

यस्तै,  रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गर्ने भएको छ।

त्यसैगरी, सरकारी कार्यालयहरू असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो संसदलाई सम्बोधन गर्दै लकडाउन सहज बनाउन लागेको वनाउनुभएको थियो ।

चैत ११ गतेदेखि जारी लकडाउन निरन्तर लम्बिँदा दैनिक जीवनयापनमै समस्या पर्न थालेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १० : २८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई