१० जेष्ठ २०८२, शनिबार | May 24, 2025

टिप्परको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु



मकवानपुर । मकवानपुरको हेटौँडामा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।

टिप्परको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ९ बजेको समयमा टिप्परको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहेका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो ।

प्र ३-०२-०१२ प १३३८ नम्बरको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना ८ ख ७५५८ नम्बरको टिप्परले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ७ : २६ बजे

रमेश लेखकलाई गृहमन्त्रीबाट राजीनामा दिन शेखर कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन,

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी