२२ भदौ २०८३, सोमबार | September 7, 2026

कुवेतबाट उद्दार गरिएका नेपाली यसरी स्वदेश फर्किए



काठमाडौं । विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज कुवेतबाट आएको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कुवेतबाट आउने दुई जहाजमध्ये जजिरा एयरवेजको ए–३२० न्यारोबडी जहाज काठमाडौं आएको हो। जहाजमा कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिला सहित १६१ जना यात्रु रहेका छन् । अर्को जहाज आजै दिउँसो आइपुग्ने तालिका रहेको छ । आज नेपाल आइपुगेका सबैलाई कुवेतले नै ल्याइदिएको हो ।

उनीहरुलाई विमानस्थलभित्रको काम सकिएपछि नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा राखिनेछ । त्यसपछि आफ्नै खर्चमा होटल क्वारेन्टिमा बस्नेहरुलाई होटलमा र घर फर्किनेहरुलाई सम्बन्धित तहको समन्वयमा घर पठाइनेछ । तर उनीहरु घरमा भने बस्न पाउनेछैनन् । सरकाले तोकेको क्वारेन्टिनमा अनिवार्य १४ दिन बस्नैपर्नेछ ।

आफनो देशमा रहेका अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखिएका नेपालीलाई आफ्नै खर्चमा दैनिक दुइटा विमानमार्फत नेपाल पठाउने कुवेतले नेपालसमक्ष प्रस्ताव राखेको थियो। त्यसैअनुसार नेपाली नागरिकलाई ल्याउन थालिएको हो । कुवेतको अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ नेपाली छन्। तीमध्ये १ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ महिला छन्।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १२ : ५० बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा