१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

२५० जना नयाँ संक्रमित थपिए, कोरोना भाइरसका संक्रमितको संख्या ४,६१६ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २५० जना संक्रमित थपिएका छन् ।

जसमध्ये २३० जना पुरुष र २० जना महिला संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

देशका ७२ जिल्लामा हालसम्म संक्रमितको संख्या ४६१४ पुगेको छ । यसमध्ये ४२८५ जना पुरुष र ३२९ जना महिला रहेका छन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विराटनगरमा भएको परीक्षणमा सुनसरीका ३ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा रौतहटका ३ जना, हेटौडामा भएको परीक्षणमा बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण देखिएको छ ।

यस्तै जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २ जना, रौतहटका १५ र महोत्तरीको ४ जनामा संक्रमण देखिएको छ । यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जना, कोसी अस्पतालमा भएको परीक्षणमा झापाका ३ जना, राप्ती अस्पतालमा भएको परीक्षणमा दाङका ८ जना, भेरी अस्पतालमा भएको परीक्षणमा रोल्पाका १४ जना र बाँकेका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै सुर्खेतमा भएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ७ जना, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका १ जना, प्युठानका ७ र रुपन्देहीका २९ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । सेती अस्पतालमा भएको परीक्षणमा कैलालीका ७, बाजुरा १८ जना र बझाङका २ तथा धुलिखेल अस्पतालमा भएको परीक्षणमा पश्चिम नवलपरासीका ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कपिलवस्तुका १ र रौतहटका ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

हालसम्म रेड जोनमा ४९२ जना रहेका छन् । काठमाडौंका १ जना आज रेडजोनमा परेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या ८६१ पुगेको छ । जसमध्ये १ सय ८९ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् ।

बिहीबार १ सय ८७ गरी अहिलेसम्म जम्मा ८ सय ६१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । बिहीबारसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएको छ ।

गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

अहिले देशभरीका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन् । देशभरी १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ४ : २५ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका