१ कार्तिक २०८३, शनिबार | October 17, 2026

जुलुस प्रदर्शनमा सहभागी हुंदै हुनुहुन्छ ? ६ महिना हिरासत पर्नुहोला



काठमाडौं । हरेक दिन बिभिन्न बहानामा देशैभर सभा जुलुस र नाराबाजी चल्न थालेपछि सरकारले त्यस्ता कार्यहरुलाई नियन्त्रण गर्न अग्रसर भएको छ ।

सरकारले जारी गरेको लकडाउनको दिनदिनै उल्लंघन भएपछि गृह मन्त्रालयले लकडाउनको उल्लंघन गर्दै प्रदर्शनमा सहभागी भए ६ महिनासम्म थुन्ने चेतावनी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै बिभिन्न बहानामा धेरै मानिस जम्मा हुने, भीडभाड गर्ने, प्रदर्शन गर्ने जस्ता कार्यले कोरोना संक्रमणको जोखिम उच्च हुने उल्लेख गर्दै यस्ता गतिविधिमा सामेल नहुन, कसैलाई सामेल नगराउन आग्रह गरिएको छ ।

सरकारको आग्रहविपरीत कसैले प्रदर्शन गरे, भीडभाड गरे वा यस्ता भीडभाड बढाउने कार्यक्रममा कसैलाई सहभागी गराउने काम गरे संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाही हुने समेत चेतावनी दिइएको छ ।

ऐनकोमा बन्दाबन्दीको आदेश उल्लंघन गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीको आदेशमा १०० देखि ६०० सम्म जरीवाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्ने व्यवस्था रहेको छ ।

पछिल्लो समय क्वारेन्टीनमा बसेका सवैको पीसीआर चेक गरिनुपर्ने, भ्रष्टाचार, पसल खोल्न पाउनुपर्ने लगायत माग गर्दै देशका प्रमुख शहरहरुमा हरेक दिन प्रदर्शन हुन थालेपछि त्यस्ता कार्यलाई नियन्त्रण गर्न गृहले कडा निर्देशन जारी गरेको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ९ : ५८ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ