४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ४ लाख २३ हजार ६ सय ९२ पुग्यो



काठमाडौं, ३० जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) चिनको वुहान सहरबाट फैलिन सुरु भएको साढे ५ महिना पुग्दा यस कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ ।

शुक्रबार बिहानसम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ५३८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २३ हजार ६ सय ९२ पुगेको छ ।

विश्वका २१५ मुलुक र २ ओटा अन्तराष्टिय पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७५ लाख ८३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३६ हजार ३७७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७५ लाख ८९ हजार १०१ पुगेको छ । ३३ लाख २६ हजार १० जनाको उपचार भइरहेकोमा ५३ हजार ९०२ जनाको अवस्था गम्भीर छ । ३८ लाख ३९ हजार३९९भन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८१ हजार ४५८ जनाको मृत्यु भएको छ ।

२१ लाख ५६ हजार १४६ जना संक्रमित भएकोमा ११ लाख ३४ हजार ४९० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४१ हजार ३४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ८६ हजार १७४ पुगेको छ । त्यसमध्ये ९ लाख ९८ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३७ हजार ९०० जनाको मृत्यु भएको छ । १४ लाख ९९ हजार ३३६ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५७४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५६ हजार ३७३ जनाको मृत्यु भएको छ । १३ लाख १२ हजार ९८२ जना संक्रमित भएकोमा ६ लाख ७८ हजार २६९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ८६८ जनाको ज्यान गएको छ भने २ लाख १९ हजार २६६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ६६५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८९६ जना संक्रमित भएकोमा ८ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ७ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको