१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ४ लाख २३ हजार ६ सय ९२ पुग्यो



काठमाडौं, ३० जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) चिनको वुहान सहरबाट फैलिन सुरु भएको साढे ५ महिना पुग्दा यस कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ ।

शुक्रबार बिहानसम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ५३८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २३ हजार ६ सय ९२ पुगेको छ ।

विश्वका २१५ मुलुक र २ ओटा अन्तराष्टिय पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७५ लाख ८३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३६ हजार ३७७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७५ लाख ८९ हजार १०१ पुगेको छ । ३३ लाख २६ हजार १० जनाको उपचार भइरहेकोमा ५३ हजार ९०२ जनाको अवस्था गम्भीर छ । ३८ लाख ३९ हजार३९९भन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८१ हजार ४५८ जनाको मृत्यु भएको छ ।

२१ लाख ५६ हजार १४६ जना संक्रमित भएकोमा ११ लाख ३४ हजार ४९० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४१ हजार ३४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ८६ हजार १७४ पुगेको छ । त्यसमध्ये ९ लाख ९८ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३७ हजार ९०० जनाको मृत्यु भएको छ । १४ लाख ९९ हजार ३३६ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५७४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५६ हजार ३७३ जनाको मृत्यु भएको छ । १३ लाख १२ हजार ९८२ जना संक्रमित भएकोमा ६ लाख ७८ हजार २६९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ८६८ जनाको ज्यान गएको छ भने २ लाख १९ हजार २६६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ६६५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८९६ जना संक्रमित भएकोमा ८ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ७ : ३५ बजे

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै

बैतडीमा चुनावी प्रचारका क्रममा रास्वपा-एमाले कार्यकर्ताबीच झडप, दुई घाइते

बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने