१० असार २०८३, बुधबार | June 24, 2026

विश्वभर कोभिड-१९ बाट २ करोड १० लाख भन्दा बढि संक्रमित



काठमाण्डौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ बाट विश्वभर २ करोड १० लाख भन्दा धेरै मानिस संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ६८ हजार ९५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३१५ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ५२ हजार ७२१ पुगेको छ ।

१ करोड ३८ लाख ९८ हजार ६९२ जना संक्रमणमुक्त भएका छन् । अहिले ६४ लाख १७ हजार ५४४ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ६४१ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार १६८ जनाको मृत्यु भएको छ । ३१ लाख २७ हजार ५०५ जना संक्रमित भएकोमा १८ लाख ७२ हजार ३१४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४२ हजार ३८२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६३ लाख ७३ हजार ७९९ पुगेको छ । त्यसमध्ये ३४ लाख ६७ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १५ हजार ६३५ जनाको मृत्यु भएको छ । ५३ लाख ९२ हजार २९४ जना संक्रमित भएकोमा ४१ लाख १५ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६७ हजार ४१० जनाको मृत्यु भएको छ । ५० लाख ६१ हजार ८९२ जना संक्रमित भएकोमा ३६ लाख ४३ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २४ हजार ७२४ जनाको ज्यान गएको छ भने १० लाख ८८ हजार ३३८ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ८३ हजार ५७९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३८७ जनाको मृत्यु भएको छ । २४ हजार ४०८ जना संक्रमित भएकोमा १४ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : ३५ बजे

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा

क्रोएसियाको पहिलो जित, पानामा विश्वकपबाट बाहिरियो

काठमाडौं । पूर्व उपविजेता क्रोएसियाले पानामालाई १-० गोल अन्तरले पराजित

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,