३० असार २०८३, मंगलबार | July 14, 2026

कोरोना भाइरसबाट विश्वभर एकै दिन करिब ४ हजारको मृत्यु, २ लाख भन्दा बढी संक्रमित



काठमाडौं । विश्वभर एकै दिन ३ हजार ९ सय ९० जनाको ज्यान गएको छ, भने २ लाख १२ हजार २८ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ५५ हजार ८ सय ८३ पुगेको छ भने १ करोड ६६ लाख २९ हजार ६ सय ५२ जनामा संक्रमण रहेको पुष्टि भएको छ ।

भारतमा कोरोना भाइरसका कारण एक दिनमा ६ सय ३६ जनाको मृत्यु भएको छ भने ४६ हजार ४ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा सोमबार बिहानसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ हजार ४ सय ४८ पुगेको छ भने १४ लाख ८२ हजार ५ सय ३ जना संक्रमित छन् ।

बितेको चौबिस घण्टामा अमेरिकामा कोरोनाका कारण ५ सय ७७ जनाको ज्यान गएको छ भने ६० हजार ७ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ४ सय २५ पुगेको छ भने ४४ लाख ३२ हजार ५ सय ५२ जना संक्रमित छन् ।

भाइरसबाट ब्राजिलमा एकदिनमा ५ सय २७ जनाको ज्यान गएको छ भने २३ हजार ५ सय ७९ जना थप संक्रमित भेटिएका छन् । हालसम्म ब्राजिलमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८७ हजार ६ सय ७९ पुगेको छ भने २४ लाख ४३ हजार ४ सय ८० जनामा संक्रमण रहेको पुष्टि भएको छ ।

मेक्सिकोमा कोरोनाका कारण एकदिनमा ३ सय ६ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय ८० जना संक्रमित थपिएका छन् । मेक्सिकोमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३ हजार ६ सय ८० पुगेको छ भने ३ लाख ९० हजार ५ सय १६ जना संक्रमित रहेका छन् ।

दक्षिण अफ्रिकामा एक दिनमा कोरोनाको संक्रमणबाट २ सय ९८ जनाको ज्यान गएको छ भने ७ हजार ९६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै दक्षिण अफ्रिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६७ पुगेको छ भने ४ लाख ५२ हजार ५ सय २९ जनामा संक्रमण रहेको छ ।

इरानमा एकदिनमा भाइरसको संक्रमणबाट २ सय १२ जनाको ज्यान गएको छ भने २ हजार २ सय ३४जना संक्रमित थपिएका छन् । इरानमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ हजार ९ सय १२ जना पुगेको छ भने २ लाख ९३ हजार ६ सय ६जना संक्रमित छन् ।

त्यस्तै कोलम्बियामा भाइरसका कारण एकदिनमा २ सय ५२ जनाको ज्यान गथएको छ भने ८ हजार १ सय २५ जना नयाँ संक्रमित थपिएका छन् । यहा अहिलेसम्म संक्रमणबाट ८ हजार ७ सय ७७ जनाको ज्यान गइसकेको छ भने २ लाख ५७ हजार १सय १ जना संक्रमित रहेका छन् ।

विश्वभर रहेका कोरोना भाइरसका संक्रमितमध्ये १ करोड २१ लाख ७ हजार ५ सय ७३ जना निको भएका छन् भने ६६ हजार ६ सय ६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : ३५ बजे

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च