१३ मंसिर २०८०, बुधबार | November 29, 2023

कोरोना भाइरसबाट विश्वभर एकै दिन करिब ४ हजारको मृत्यु, २ लाख भन्दा बढी संक्रमित



काठमाडौं । विश्वभर एकै दिन ३ हजार ९ सय ९० जनाको ज्यान गएको छ, भने २ लाख १२ हजार २८ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ५५ हजार ८ सय ८३ पुगेको छ भने १ करोड ६६ लाख २९ हजार ६ सय ५२ जनामा संक्रमण रहेको पुष्टि भएको छ ।

भारतमा कोरोना भाइरसका कारण एक दिनमा ६ सय ३६ जनाको मृत्यु भएको छ भने ४६ हजार ४ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा सोमबार बिहानसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ हजार ४ सय ४८ पुगेको छ भने १४ लाख ८२ हजार ५ सय ३ जना संक्रमित छन् ।

बितेको चौबिस घण्टामा अमेरिकामा कोरोनाका कारण ५ सय ७७ जनाको ज्यान गएको छ भने ६० हजार ७ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ४ सय २५ पुगेको छ भने ४४ लाख ३२ हजार ५ सय ५२ जना संक्रमित छन् ।

भाइरसबाट ब्राजिलमा एकदिनमा ५ सय २७ जनाको ज्यान गएको छ भने २३ हजार ५ सय ७९ जना थप संक्रमित भेटिएका छन् । हालसम्म ब्राजिलमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८७ हजार ६ सय ७९ पुगेको छ भने २४ लाख ४३ हजार ४ सय ८० जनामा संक्रमण रहेको पुष्टि भएको छ ।

मेक्सिकोमा कोरोनाका कारण एकदिनमा ३ सय ६ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय ८० जना संक्रमित थपिएका छन् । मेक्सिकोमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३ हजार ६ सय ८० पुगेको छ भने ३ लाख ९० हजार ५ सय १६ जना संक्रमित रहेका छन् ।

दक्षिण अफ्रिकामा एक दिनमा कोरोनाको संक्रमणबाट २ सय ९८ जनाको ज्यान गएको छ भने ७ हजार ९६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै दक्षिण अफ्रिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६७ पुगेको छ भने ४ लाख ५२ हजार ५ सय २९ जनामा संक्रमण रहेको छ ।

इरानमा एकदिनमा भाइरसको संक्रमणबाट २ सय १२ जनाको ज्यान गएको छ भने २ हजार २ सय ३४जना संक्रमित थपिएका छन् । इरानमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ हजार ९ सय १२ जना पुगेको छ भने २ लाख ९३ हजार ६ सय ६जना संक्रमित छन् ।

त्यस्तै कोलम्बियामा भाइरसका कारण एकदिनमा २ सय ५२ जनाको ज्यान गथएको छ भने ८ हजार १ सय २५ जना नयाँ संक्रमित थपिएका छन् । यहा अहिलेसम्म संक्रमणबाट ८ हजार ७ सय ७७ जनाको ज्यान गइसकेको छ भने २ लाख ५७ हजार १सय १ जना संक्रमित रहेका छन् ।

विश्वभर रहेका कोरोना भाइरसका संक्रमितमध्ये १ करोड २१ लाख ७ हजार ५ सय ७३ जना निको भएका छन् भने ६६ हजार ६ सय ६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : ३५ बजे

ऋणको जमानतदातालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको तीन महिने

लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औं बार्षिकोत्सवको अवसरमा सिटी क्याम्पस

एनसेलको विदेशी लगानीकर्ता आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा

काठमाडौं । नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो  केन्द्रीय समितिलाई ५२