२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

गण्डकी प्रदेशमा ६ वर्षीय बालकसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि



पोखरा । गण्डकी प्रदेशमा ६ वर्षीय बालकसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीद्वारा शनिबार बिहान जारी गरिएको प्रेस विज्ञप्तिमा थप ५ जना संक्रमित थपिएको जनाइएको छ ।

पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ६ का १ जना बालक (पुरुष) र वर्ष १७ का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यसैगरी पर्वत कै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १७ का १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १६ का १ जना पुरुषमा समेत कोरोनको संक्रमण पुष्टि भएको हो ।

जिल्लामा संक्रमित ४ जनालाई नै जिल्ला स्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै नवलपुर (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनलाई नवलपुरको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ७ : ०४ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद