४ पुस २०८२, शुक्रबार | December 19, 2025

लकडाउन कमजोर बनाएका देशलाई डब्लुएचओको चेतावनी, ‘महामारीको दोस्रो लहरका लागि तयार होऊ’



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारीको दोस्रो लहर देखापर्न थालेको चेतावनी दिएको छ ।

डब्लूएचओले केही देशमा लकडाउन र सामाजिक दूरीलगायतमा गरिएको लापरवाहीका कारण कोरोना संक्रमण पुनः देखिन लागेको भन्दै दोस्रो लहरबाट वच्न देशहरुलाई चेतावनी दिएको हो ।

कोरोनामा केही नियन्त्रण हुनेबित्तिकै सावधानीमा लापरबाही गर्दा दोस्रो लहरका रूपमा संक्रमण पुनः देखिन थालेको डब्लूएचओले जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक डा‍. टेड्रोस एडहनम ग्रेबियससले कोरोनासँगको लडाइँ नसकिएको बताउँदै भाइरसप्रति अति संवेदनशील नबने पुनः उल्टिएर यसले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

डब्लूएचओका कार्यकारी निर्देशक डा. माइकल रायनले भने, अहिले केही देशमा संक्रमणका घटना पुनः देखा पर्न थालेका छन्, जुन संक्रमणको दोस्रो लहर हुन सक्छ। त्यहाँ यो रोग पूर्ण रूपमा समाप्त भएको छैन, भाइरस केही समयका लागि कमजोर भएको थियो, तर अब यसले फेरि आफ्नो खुट्टा उचाल्दै छ।’ यसको एउटा कारण केही देशले लकडाउनलगायत प्रतिबन्ध हटाउनु रहेको उनको निस्कर्ष छ ।

डा. रायले भनेका छन्, ‘विश्वका धेरै देश अहिले पनि कोरोना महामारीको पहिलो लहरमै छन्। युरोप, दक्षिण पूर्व एसिया, उत्तर अमेरिकाका केही देशमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ। केही देशले कोरोनाबाट बढ्दो संक्रमण तथा मृत्यु रोक्न लकडाउन लागू गरेका छन्।’

कोरोनामा धेरै नै नियन्त्रण गरेर स्वेत पत्र जारी गरेको चीनको राजधानी बेइजिङमा लगातार दोस्रो दिन नयाँ संक्रमित देखिएका छन् । त्यसपछि बेइजिङका ६ वटा होलसेल फुड मार्केट आशिंक वा पूर्ण रुपले बन्द गरिएका छन्। प्रशासनले प्राथमिक स्कुल नखोल्न पनि निर्देशन दिएको छ ।

यस्तै, दक्षिण कोरियाको राजधानी सोलका विभिन्न क्षेत्रमा पनि नयाँ संक्रमित भेटिएपछि थप सावधानी अपनाइएको छ।

यसैगरी, अमेरिकामा विभिन्न राज्यमा पनि संक्रमणको दर तीव्र बनेपछि अस्पतालका बेड भरिन थालेका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको