३१ असार २०८३, बुधबार | July 15, 2026

कोभिड तत्काल अन्त्य हुने संकेत देखिदैन्ः डब्लूएचओ



जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमिताको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाई आएको हो ।

कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरुले प्रतिबन्धात्मक कदम चालिरहेका छन् । अधिकांश देशहरुले कोभिडविरुद्धको बुस्टर डोज दिन थालेका छन् ।

‘यो महामारीको अन्त्य हुने संकेत देखिदैन,’ डब्लूएचओको प्रमुख टेड्रोस एडहानोम घिब्रिससले जेभेभामा आयोजित एक कार्यक्रममा भने ।

पछिल्लो समय युरोप महामारीको मुख्य केन्द्र बिन्दु बनेको छ । फ्रान्समा मंगलबार एकै दिन पाँच लाख संक्रमित भएका थिए भने जर्मनीमा पछिल्लो २४ घन्टामा एक लाख जनामा संक्रमण देखिएको छ । युरोपका अन्य देशहरुमा पनि संक्रमण दर तीव्र फैलिएको छ ।

ओमिक्रोनलाई सामान्य आँकलन नगर्न भन्दै घिब्रिससले नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको महामारी ल्याटिन अमेरिकाबाट पूर्वी युरोपमा फैलिएको बताएका छन् ।

‘औषतमा ओमिक्रोन कम घातक हुन सक्छ, तर यसको फैलने क्षमता तीव्र छ,’ उनले भने ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : ५६ बजे

लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान