७ आश्विन २०८३, बुधबार | September 23, 2026

संसदमा अनुपस्थित यी सांसदहरु, जसले राष्ट्रियताको पक्षमा मत दिने अवसर गुमाए



काठमाडौं । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सबै राजनीतिक दलहरुबीच अभूतपूर्व एकता प्रदर्शित हुँदै राष्ट्रिय एकता कायम भएको छ ।

संघीय संसदमा रहेका सबै राजनीतिक दलहरुबीच सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावमा सर्वसम्मत पारित गरेको यो दुर्लभ घटनामा सहभागी हुन केही सांसदले मौका गुमाएका छन् ।

भारतले अन्यायपूर्वक अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेटिएको नयाँ नक्शालाई संविधानको अंग बनाउने ऐतिहासिक प्रस्तावमा मतदान दिनबाट केही सांसदले मौका गुमाए भने कतिपय सांसद निलम्बित अवस्थामा जेलमा रहेका रहेका छन् ।

शनिबारको बैठकमा सांसदहरु अमृता देवी अग्रहरी, गोपालबहादुर बम, दुलारी देवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्य नारायण यादव, सूर्यबहादुर केसी , हरिबोल गजुरेल , ज्ञानकुमारी छन्त्याल अनुपस्थित भए ।

सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी , मोहम्मत अफ्ताब आलम जेलमा , बिजय कुमार गच्छदार निलम्बित छन् ।

प्रतिनिधिसभामा २७५ सांसद रहेका छन् । जसमध्ये अग्निप्रसाद सापकोटा सभामुख छन् । सभामुखले बराबरीको अवस्थामा मात्र मत दिन पाउँछन् ।

संविधान संशोधन प्रस्तावलाई नाटक भन्ने जनता समाजवादी पार्टी (पूर्व समाजवादी पार्टी)की सांसद सरिता गिरीले भने बैठक बहिष्कार गरेकी थिइन । गिरीले बैठक बहिस्कार गर्दै बंगलादेश टुक्रिएको स्मरण गराएकी थिइन । भारतीय खुफिया एजेन्सी रअको नेतृत्वमा पाकिस्तानबाट पूर्वी पाकिस्तानलाई टुक्रउाउँदै बंगलादेश बनाइएको थियो ।

मिचिएको भूमि फिर्ता ल्याउने बाटोको रुपमा रहेको नयाँ नक्शा संसदबाट पारित गर्ने बेलामा गिरीले दिएको बंगलादेशको सार्वजनिक स्मरण अर्थपूर्ण रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ४९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई