११ भदौ २०८३, बिहिबार | August 27, 2026

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगको पछिल्लो ४ बजेको तथ्यांकअनुसार यस अवधिसम्म ८४ लाख ६० हजार ६ सय ७७ मत खसेको छ।

देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका १० हजार ४६७ मतदानस्थलमा मतदान जारी रहेको छ। कुल १ करोड ८० लाख ३६ हजार ६६८ मतदातामध्ये उक्त संख्यामा मत खसेको आयोगले जनाएको छ।

प्रदेशगत रूपमा हेर्दा काठमाडौँ उपत्यकामा ५४ प्रतिशत मतदान भएको छ। त्यसैगरी कोशीमा ४६ प्रतिशत, मधेशमा ३७ प्रतिशत, बागमतीमा ४७ प्रतिशत, गण्डकीमा ४८ प्रतिशत, लुम्बिनीमा ४७ प्रतिशत, कर्णालीमा ४८ प्रतिशत र सुदूरपश्चिममा ३९ प्रतिशत मतदान भएको विवरणमा उल्लेख छ।

मतदान समय सकिन अब आधा घण्टा मात्र बाँकी रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ४ : ३३ बजे

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र