५ श्रावण २०८३, मंगलबार | July 21, 2026

पर्वतको दुर्लुङ ढकालबारीमा पहिरोले दुई घर पुरिए, ३ जनाको मृत्यु, ६ बेपत्ता



पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा पहिरो जाँदा दुई घर पुरिएका छन् ।

भिषण वर्षाका कारण राति ९ बजे पहिरो झरेको स्थानियले बताएका छन् । पहिरो गएको स्थान ढकालबारी, काफलचौर सरुनचौर क्षेत्र हो ।

अहिले राति ११ बजेसम्मको समयमा ३ जनाको शव भेटिएको छ । ६ जना पहिरोमै बेपत्ता रहेको घटनास्थलमा रहेका प्रहरीको भनाई उद्दृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी निरिक्षक बुद्धि सुवेदीका अनुसार पहिरोले पुरिएर अन्य ६ जना सम्पर्क विहीन छन् । अहिले भिषण पानी परिरहेको र खोजी कार्यलाई पनि जारी राखिएको उहाले बताउनुभएको छ ।

पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरिएको हो । पहिरोमा पुरिएर मृत्यु भएका तुलबहादुरकी श्रीमती मिनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन् ।

वडा नम्बर तीनका वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार कमला विकको पनि शव फेला पारिएको छ । उद्धारका लागि नेपाली सेनासहितको टोली पनि घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ६ : ५४ बजे

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल