२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना संक्रमणबाट गुल्मीमा अर्का एक व्यक्तिको मृत्यु



बुटवल । कोरोना भाइरसको संक्रमणका कारण गुल्मीमा अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत गुल्मी धुर्कोट गाउँपालिका जैसीथोक घर घएका ३६ वर्षीय युवाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन् । तर कोसिस गर्दागर्दै पनि उनलाई बचाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सकेनन् । शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।

भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।

तर उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो । उनमा रक्त अल्पताको समस्या देखिएपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले रगत दिएकी थिइन् । उनको ३ पटकसम्म गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो ।
तीन साता अघि गुल्मी मदानेका ४१ वर्षीय पुरुषको कोरोनाको उपचारकै क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको थियो ।

यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण लागेर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ७ : ३८ बजे

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।