७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना भाइरसका ४२५ संक्रमित थपिए, जम्मा संक्रमितको संख्या ५,७६० पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४२५ संक्रमित थपिएका छन् । जसमध्ये ३७५ पुरुष र ५० महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ । यसमध्ये ५३२४ पुरुष र ४३६ महिला रहेका छन् ।

विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मोरङ, सुनसरी र झापाका २७ जना संक्रमित थपिएकाछन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १० जना संक्रमित थपिएका छन् । यस्तै, नारायण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट पर्साका १७ जना, बाराका ९ जना सर्लाहीका १ जना र रौतहटका ७ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

पोखरास्थित गण्डकी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणबाट नवलपरासी सुस्ता पूर्वका २ जनामा संक्रमण पुष्टि भएको छ भने सेती अस्पताल धनगढीमा गरिएको परीषणमा ६४ जनामा कोरोना देखिएको छ ।

यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा ७ जनामा कोरोना देखिएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामाग गरिएको परीक्ष्णमा ५६ जनालाई संक्रमण देखिएको छ ।

जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा रौतहका १७ र धनुषाका १ गरी १८ जनालाई कोरोना देखिएको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रामेछापका दुई जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, रुपन्देहीस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट ४७ जनमा संक्रमण पुष्टि भएको छ भने सुर्खेतस्थित प्रादेशिक प्रयोगशालाबाट ६९जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण देखिएको छ भने केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ४ : ३२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११