२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

कोरोना भाइरसका ४२५ संक्रमित थपिए, जम्मा संक्रमितको संख्या ५,७६० पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४२५ संक्रमित थपिएका छन् । जसमध्ये ३७५ पुरुष र ५० महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ । यसमध्ये ५३२४ पुरुष र ४३६ महिला रहेका छन् ।

विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मोरङ, सुनसरी र झापाका २७ जना संक्रमित थपिएकाछन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १० जना संक्रमित थपिएका छन् । यस्तै, नारायण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट पर्साका १७ जना, बाराका ९ जना सर्लाहीका १ जना र रौतहटका ७ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

पोखरास्थित गण्डकी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणबाट नवलपरासी सुस्ता पूर्वका २ जनामा संक्रमण पुष्टि भएको छ भने सेती अस्पताल धनगढीमा गरिएको परीषणमा ६४ जनामा कोरोना देखिएको छ ।

यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा ७ जनामा कोरोना देखिएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामाग गरिएको परीक्ष्णमा ५६ जनालाई संक्रमण देखिएको छ ।

जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा रौतहका १७ र धनुषाका १ गरी १८ जनालाई कोरोना देखिएको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रामेछापका दुई जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, रुपन्देहीस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट ४७ जनमा संक्रमण पुष्टि भएको छ भने सुर्खेतस्थित प्रादेशिक प्रयोगशालाबाट ६९जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण देखिएको छ भने केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ४ : ३२ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद