२० आश्विन २०८३, मंगलबार | October 6, 2026

रहेनन् ‘पबित्र रिस्ता’का ‘मानव’, बलिउडले गुमायो समिक्षात्मक कलाकार



एजेन्जी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबर सार्वजानिक भएको छ । ३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनको पोस्टमार्टम रिर्पोट आउन भने बांकी रहेको बताईएको छ ।

हिन्दी सिरियलबाट बलिउडमा प्रवेश गरेका सुशान्तको बलिउडमा ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘शुद्ध देसी रोमान्स’ लगायतका फिल्ममा अभिनय गरेका थिए । उनले ‘किस देश में है मेरा दिल’ बाट धारवाहिक सिरियलमा यात्रा सुरु गरेका थिए । एकता कपुरको ‘पबित्र रिस्ता’बाट उनको लोकप्रियता बढेको थियो । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए ।

यही जुन ८ तारिखमा दिशा सालियनको मृत्युको खबर सार्वजनिक भएको थियो। २८ वर्षीया उनले मुम्बईस्थित आफ्नै अपार्टमेन्टको १४ औं तला माथिबाट हाम फालेर आत्महत्या गरेकी थिइन्।

उनले केहि समय अभिनेता सुशान्तको अफिसमा म्यानेजरको रुपमा काम समेत गरेको भारतीय सञ्चामाध्यमले लेखेका छन् । उनको आत्महत्याको एक साता नबित्दै अभिनेता राजपुतको पनि निधन भएको छ ।

यी दुवैको आत्महत्याको कारण खुलेको छैन। फिल्म ‘छिचोरे’मा आत्महत्याविरुद्धको सन्देश दिएका सुशान्त समीक्षात्मक रुपमा सफल कलाकार हुन्।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ६ : ४८ बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह