५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रहेनन् ‘पबित्र रिस्ता’का ‘मानव’, बलिउडले गुमायो समिक्षात्मक कलाकार



एजेन्जी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबर सार्वजानिक भएको छ । ३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनको पोस्टमार्टम रिर्पोट आउन भने बांकी रहेको बताईएको छ ।

हिन्दी सिरियलबाट बलिउडमा प्रवेश गरेका सुशान्तको बलिउडमा ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘शुद्ध देसी रोमान्स’ लगायतका फिल्ममा अभिनय गरेका थिए । उनले ‘किस देश में है मेरा दिल’ बाट धारवाहिक सिरियलमा यात्रा सुरु गरेका थिए । एकता कपुरको ‘पबित्र रिस्ता’बाट उनको लोकप्रियता बढेको थियो । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए ।

यही जुन ८ तारिखमा दिशा सालियनको मृत्युको खबर सार्वजनिक भएको थियो। २८ वर्षीया उनले मुम्बईस्थित आफ्नै अपार्टमेन्टको १४ औं तला माथिबाट हाम फालेर आत्महत्या गरेकी थिइन्।

उनले केहि समय अभिनेता सुशान्तको अफिसमा म्यानेजरको रुपमा काम समेत गरेको भारतीय सञ्चामाध्यमले लेखेका छन् । उनको आत्महत्याको एक साता नबित्दै अभिनेता राजपुतको पनि निधन भएको छ ।

यी दुवैको आत्महत्याको कारण खुलेको छैन। फिल्म ‘छिचोरे’मा आत्महत्याविरुद्धको सन्देश दिएका सुशान्त समीक्षात्मक रुपमा सफल कलाकार हुन्।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ६ : ४८ बजे

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न