३१ असार २०८३, बुधबार | July 15, 2026

फेरि फेरियो सवारी नियम : आजदेखि दुई पाङ्ग्रे सवारीमा पनि जोर-बिजोर लागू



काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि आजदेखि देशभर दुई पाङ्ग्रे सवारी साधनमा पनि जोरबिजोर लागू हुने भएको छ ।

गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप प्रष्ट पार्दै मोटरसाइकलमा पनि आजदेखि जोर-बिजोर प्रणाली लागू हुनेगरी मातहतका निकायमा परिपत्र गरिएको बताउनुभयो ।

आजदेखि ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबैमा जोर-बिजोर प्रणाली लागू हुने भएको छ । मोटरसाइकल र स्कुटरमा एकजना मात्र बस्ने नियम पनि परिवर्तन नहुने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भोलिदेखि सबै प्रकारका निजी सावारीमा जोर-बिजोर प्रणाली लागू हुने जानकारी दिनुभएको छ ।

जोर-बिजोर प्रणाली अनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने छन् । यस्तै ट्राफिक प्रहरीले पनि आजदेखि जोर-बिजोर प्रणाली लागू गराउन गृहमन्त्रालयले निर्देशन गरेको जनाएको छ ।

सरकारले काठमाडौं उपत्यका प्रवेश र बाहिरिनका लागि पनि आजदेखि विशेष पासको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ४९ बजे

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना