१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

कपिलवस्तुमा सरुवा रोग र दाङको लमहीमा ट्रमा अस्पताल, बाँकेको खजुरामा प्रदेश विश्वविद्यालय



बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालकारुपमा स्तर उन्नती गर्ने घोषणा गरेका छन् ।

आव २०७७।७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामीला मन्त्री समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले रुकुम पुर्व, नवलपरासी, भिम अस्पताल, कपिलवस्तु र बर्दियाको जिल्ला अस्पताको स्तर उन्नतीका लागि १५ करोड बजेट बिनियोजन गरेको बताए ।

उनले १०९ वटै पालिकामा मुख्यमन्त्री ग्रामिणबिकास रोजगार कार्यक्रम संचालन गर्न १ करोड बिनियोजन गरेको बताए ।

पोखरेलले कपिलवस्तुको बिवराजमा सरुवारोग अस्पताल निर्माण गर्न १ करोड तथा दाङको लमहिमा ट्रमा अस्पतालका लागि ५ करोड बजेट बिनियोजन गरेको बताए ।

आव ०७७।७८ मा बांकेको खजुरामा प्रदेश बिश्व बिद्यालयको स्थापना गर्ने घोषणा गर्दै मुख्यमन्त्री पोखरेलले त्यसको लागि ७ करोड बजेट बिनियोजन गरेको बताए ।

उनले समपुरक बजेट अनुसार प्रदेशका स्थानीय सरकारहरुबाट समपुरक बजेटबाट बिकासको गतिलाई अगाडी बढाउन १ अर्व १५ करोड बिनियोजन गरेको बताए । समपुरक बजेटबाट ३ अर्बको काम हुने उनले अपेक्षा गरे ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : ५३ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा