१ पुस २०८२, मंगलबार | December 17, 2025

लकडाउन अवधिको घरभाडा कर मिनाह गर्न कपिलवस्तुका होटल व्यवसायीको आग्रह



कपिलवस्तु । कपिलवस्तुका होटल रेष्टुरेन्ट व्यवसायीहरुले लकडाउन अवधिको घरभाडा कर मिनाह गर्न आग्रह गरेका छन् ।

होटल तथा रेष्टुरेट व्यवसायी संघ कपिलवस्तुले कोभिड १९ को कारणले सबभन्दा बढी होटल तथा रेस्टुरेट व्यसायी हरु मर्कामा परेको हुदा लकडाउन अवधी भरीको को घरभाडा मिनाह तथा कर माफ गर्ने व्यवस्था गर्न आग्रह गर्दे जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएका छन् ।

होटल व्यवसाय गर्न व्यवसायीहरुले बैक तथा वित्तीय संस्था बाट कर्जा लिएर व्यवसाय संचालन गरिएको र लकडाउनको कारण व्यवसाय सवै ठप्प भएको हुदा बैंकको मासिक किस्ता पनि तिर्न नसकेको अवस्था रहेका हुँदा सहयोग गर्न आग्रह गरेका छन्।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको वैठक बसी सरकार समक्ष आवश्यक सहयोग अनुरोधको लागि ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष गोपालबहादुर खत्रीले बताए । होटल व्यवसायलाई पहिलेको अवस्थामा फर्कन अझ ६ महिना लाग्ने हुदा ६ महिना पछि किस्ता बन्दीमा कर तिर्ने व्यवस्था मिलाइदिन व्यवस्था गरिदिन अनुरोध गरिएको खत्रीले बताए ।

यस्तै सरकारले रेष्टुरेण्टमा बसेर खान नपाइने डेलिभरीको मात्र व्यवस्था गरिएको हुँदा यसले झन समस्या उत्पन्न हुन सक्ने संघका सचिव शिवराज सापकोटाले बताए ।

दुरी कायम गर्दे सुरक्षीत तरिकाले होटल रेष्टुण्टमा खान खाने व्यवस्था मिलाइ दिन ज्ञापनपत्रद्वारा अनुरोध गरिएको सापकोटाले बताए ।

यता प्रमुख जिल्ला अधिकारी दिर्घ नारयण पौडेलले व्यवसायीहरुको समस्यालाई माथिल्लो तहसम्म पुराउने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ३८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष