२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

तनहुँका पहिलो कोरोना सङ्क्रमित निको



तनहुँ । तनहुँका पहिलो कोरोना सङ्क्रमित निको भएर अस्पतालबाट घर फर्किएका छन् । ऋषिङ गाउँपालिका–४ का २८ वर्षीय युवक १५ दिनको अस्पताल बसाइपछि घर फर्किएका हुन् ।

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत ती युवकलाई केन्द्रका सञ्चालक राम भण्डारी, निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलगायतले बिदाइ गरेका छन् ।

भारतबाट गत जेठ १० गते फर्किएर व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा बसेका ती युवकलाई जेठ १८ गते कोरोना पुष्टि भएको थियो । आज दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको केन्द्रका निमित्त कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठका अनुसार ती युवकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन जिल्ला आयुर्वेद कार्यालयले उपलब्ध गराएको अश्वगन्ध चूर्ण, गुडुची चूर्णलगायत रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि मात्र सेवन गराइएको थियो ।

सङ्क्रमितले आफू अस्पतालमा रहँदा तातोपानी र आयुर्वेदिक औषधि मात्रै सेवन गरेको बताए । “आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने रहेछ”, उहाँले उनले भने। अस्पतालबाट घर फर्किएका युवकलाई लिन ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ अस्पताल पुगेका थिए । ती युवकलाई १५ दिनसम्म घरमै सुरक्षित रुपमा बस्न लगाइनेछ ।

यसैबीच जिल्लाको घिरिङ गाउँपालिकाका पाँच जनामा आजै कोरोना पुष्टि भएको छ । उनीहरुको सोही अस्पतालमा राखेर उपचार भइरहेको छ । यसअघि ऋषिङका दुई र घिरिङका एक पुरुषसमेत सोही अस्पतालमा उपचाररत छन् । एक जना निको भएर फर्किएपछि जिल्लामा कोरोना सङ्क्रमित आठ जना छन्। अस्पतालले सङ्क्रमितको उपचारमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी खटाएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ४५ बजे

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले