१० जेष्ठ २०८२, शनिबार | May 24, 2025

ओमानबाट नेपाल आईपुगे १६६ नेपाली, नेपाली सेनाले होल्डिङ सेण्टरबाट सम्बन्धित गन्तब्य पठाउंदै



काठमाडौं । कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपालीहरु नेपाल फर्कने क्रम जारी रहेको छ ।

आज अपरान्ह ओमानबाट १६६ जना नेपाली काठमाडौ आईपुगेकाछन् । उनीहरु ओमानबाट सलाम एयरको OV-427 नम्बरको उडानबाट काठमाडौ आईपुगेका हुन् । आज नेपाल अवतरण गर्नेहरुमा प्रदेश नं. १ का २५ जना, प्रदेश नं.२ का १० जना, बाग्मति प्रदेशका ५७ जना, गण्डकी प्रदेशका २६ जना, प्रदेश नं. ५ का ३८ जना, कर्णाली प्रदेशका ३ जना र सुदुरपश्चिम प्रदेशका ७ जना गरी जम्मा १६६ जना नेपाली नागरिकहरुको रहेका छन्।

बिदेशमा कामबाट निकालिएका वा बिबिध कारणले स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई होल्डीङ सेण्टरमा राखिएको केन्द्रिय बिपद ब्यवस्थापन केन्द्र सीसीएमसीले जानकारी दिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरेसंगै उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रदेशगत रुपमा स्थापना गरिएको होल्डीङ केन्द्रमा लगिएको थियो ।

सीसीएमसीका अनुसार उनीहरुको होल्डीङ केन्द्रमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाईने छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ०० बजे

रमेश लेखकलाई गृहमन्त्रीबाट राजीनामा दिन शेखर कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन,

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी