२२ मंसिर २०८०, शुक्रबार | December 8, 2023

सातै प्रदेशको बजेटमा स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा



काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि आयव्ययसहितको बजेट सोमबार सार्वजनिक गरेका छन् ।

१ असारबाट अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेशहरूले बजेट सार्वजनिक गरेका हुन् । सबैभन्दा ठूलो आकारको बजेट बाग्मती प्रदेश (प्रदेश ३) ले ल्याएको छ भने सबैभन्दा न्यून बजेट सुदूरपश्चिम प्रदेशले ल्याएको छ ।

सातवटै प्रदेशले कोभिड–१९ बाट प्रभावित आर्थिक क्षेत्रको उन्नयन र पुनरुत्थानका लागि विशेष प्राथमिकता दिएको छ । बजेटको प्राथमिकता स्वास्थ्य, कृषि र रोजगारी परेको छ । प्रदेश सरकारहरूले साना तथा मझौला उद्योगका लागि पनि जोड दिएको छ । बाग्मती प्रदेश सरकारले रु ५१ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको छ । सबैभन्दा कम आकारको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब २८ करोड ४८ लाख रुपैयाँको ल्याएको छ ।

प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । प्रदेश २ सरकारले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको छ । गण्डकी प्रदेशले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

यसैगरी, प्रदेश ५ ले ३६ अर्ब ३५ करोड २५ लाखको बजेट विनियोजन गरेकोे छ । प्राथमिकतामा परेका सःसर्ततर्फका आयोजनाहरू कार्यान्वयन गर्दै जाँदा स्रोत अपुग भएमा चालु आर्थिक वर्षमा झैं नेपाल सरकारसँग अपुग स्रोतको माग गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।

कर्णाली प्रदेश सरकारले कुल बजेट ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : १२ बजे

राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्ति पत्र दिएर जागिर खुवाउने खाँ पक्राउ

नेपालगन्ज । राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तिपत्र बनाएर जागिर खुवाउने एकजनालाई

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा

समझदारी, विश्वास र एकता प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग

लुम्बिनीमा नेपाल-भारत साँस्कृतिक उत्सव : भारत र चीनको पक्की पुल बन्न चाहन्छौं – मन्त्री किराँती

लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले

Parliamentary Hearing Committee approves Sanil for ambassadorial post

Kathmandu: The Federal Parliament Hearing Committee on Friday unanimously approved