११ बैशाख २०८१, मंगलबार | April 23, 2024

आरडीटी पोजेटिभ किन देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा



बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन्।

भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले एक महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन्।

उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि सोमबार दिउँसो गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैँ आरडिटी गर्न पुगेका थिए।

केही व्यक्तिको आरडिटी गरिसकेपछि एक महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो ।

ती महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनमा बसिरहेका उनीहरुले ‘तैँले किन आरडिटी रिपोर्ट पोजेटिभ निकालिस्’ भन्दै स्वास्थ्यकर्मीमाथि नै ढुङ्गामुढा प्रहार गर्न थाले।

उनीहरुले प्रहार गरेको ढुङ्गा लागेर स्वास्थ्य संयोजक भण्डारी घाइते भएका छन्।

स्वास्थ्यकर्मी भण्डारीको छातीमा गम्भीर चोट लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति सम्पर्क व्यक्ति ओमजङ्ग शाहीले जानकारी दिएका छन् ।

स्वास्थ्य संयोजक भण्डारीको छातिमा नीलडाम परेको र उनी बोल्न सक्ने स्थितिमा नभएको शाहीले बताए।

कोरोना भाइरसको जोखिम उच्च रहेका बेला क्वारेन्टिनमा बसेकाबाटै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार भएकोप्रति खेद प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उनीहरुलाई कानूनबमोजिम कारवाही गरिने बताए।

हिमाली गाउँपालिकाजस्तो दुर्गम ठाउँमा स्वास्थ्यकर्मी नै नपाइने अवस्थामा स्थानीयवासीले गरेको यस्तो व्यवहारप्रति आफू दुःखित भएको उनको प्रतिक्रिया छ ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराले पनि घटनामा संलग्नलाई आवश्यक कारवाहीका लागि स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ।

हिमाली गाउँपालिकामा विभिन्न तीन स्थानमा गरिएको परीक्षणमा सोमबार तीन जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ।

रासस

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ११ : ४५ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम