२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु



सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक जना युवाको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगन्जबाट सुर्खेत आउँदै गरेको लुप्र एएए ६१५७ नम्बरको स्कुटर पछाडि सवार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनका अनुसार वीरेन्द्रनगर-९ सुर्खेतका २७ वर्षीय रोशन घिसिङले रत्नराज राजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका-४ सुर्खेतस्थित हर्रे भन्ने स्थानमा पुग्दा जिसी एक्कासी बेहोस भएको जानकारी प्रहरीलाई दिएका थिए ।

सूचना प्राप्त हुने बित्तिकै इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खुम्ब मगरको नेतृत्वमा पाँच जनाको टोली पुगेर बेहोस अवस्थामा रहेका जिसीसहित चालक घिसिङलाई उपचारका लागि एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । बेहोस अवस्थामा रहेका जिसीको उपचारका क्रममा मृत्यु भएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले उनको शव अस्पतालको शवगृहमा राखिएको बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ९ : २५ बजे

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,

सरकारले अब कालो चश्मा हटाउनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको