३२ असार २०८३, बिहिबार | July 16, 2026

सप्तरीमा संक्रमित युवाले दाढी कटाएका हजामसहित १२ जना क्वारेन्टाइनमा



सप्तरी । डियुटीमा खटिएका स्वास्थ्यकर्मीलाई झुक्याएर क्वारेन्टाइनबाट घर गएका एक युवकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

राजविराज नगरपालिका १ डुमरी शिवथानका ती युवक जेठ १३ गतेदेखी राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइन केन्द्रमा रहेका थिए । उनी आफ्ना ५१ वर्षीय बाबुसँगै भारतको पञ्जाबबाट फर्के लगत्तै क्वारेन्टाइनमा रहेका थिए । बाबुछोरा सँगै बसे पनि जेठ ३१ गते बाबुको पिसिआर रिपोर्ट नेगेटिभ आएपपछि उनलाई डिस्चार्ज गरिएको थियो ।

यता बाबुको रिपोर्ट नेगेटिभ आएपछि आफ्नो पनि नेगेटिभ नै होला भन्ने ठानेर उनी डिस्चार्ज हुने अर्कै व्यक्तिको नाममा क्वारेन्टाइनका स्टाफलाई झुक्याउँदै भोली पल्टघर पुगेका थिए । तर, घर पुगेको भोलिपल्टै असार १ गते उनको रिपोर्ट पोजेटिभ आएपछि गाउँमा त्रास र खैलाबैला मच्चिएको हो ।

यसैबीच गाँउमा पुगेपछि नजिकैको दाढी काट्ने व्यक्ति हजामलाई घरमै बोलाएर बाबुछोरा दुबैले दाढी काट्न लगाएका थिए । गाउँमै दाढी काट्ने आएको देखेर अन्य १०÷११ जनाले पनि दाढी कटाएको स्थानियले बताएका छन् । स्थानियले क्वारेन्टाइनमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीको लापरवाहीले कैयौं व्यक्तिको ज्यान जोखीममा परेको गुनासो पोखेका छन् ।

यता संक्रमित यूवक समेतको दाढी काटेका हजामले थप १२ जना व्यक्तिको समेत दाढी काटेकाले संक्रमणको त्रास फैलिएको वडा अध्यक्ष चन्द्रशेखर चौधरीले बताए छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले पिसिआर परिक्षण रिपोर्ट नआउँदै क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारीलाई झुक्याएर घर पुगेका व्यक्तिलाई कोरोना पोजेटिभ पुष्टि भएलगत्तै प्रहरीको सहयोगमा सोमबार राती नै नियन्त्रणमा लिई साई कृष्णा अस्पतालको आइसोलेशन कक्षमा राखिएको जानकारी दिए ।

संक्रमित व्यक्तिका परिवारका सबै सदस्य तथा दाढी काट्ने हजामलाई समेत मंगलबार बिहानै क्वारेन्टाइनमा ल्याइसकिएको तथा उनीहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ कार्य अघि बढाइएको उनले बताए ।

एक व्यक्तिका कारण कोरोनाको जोखिम समुदायमै फैलिने सम्भावना बढेको भन्दै स्थानियले क्वारेन्टाइन स्थलहरुको बन्दोबस्ति र सुरक्षा व्यवस्थाका साथै उक्त घटनाबारे सत्यतथ्य छानबिन हुने माँग गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ३२ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक