१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

भैरहवाको भिम अस्पतालमा भर्ना भएका २६ संक्रमितले जिते कोरोना भाइरसलाई



भैरहवा । रुपन्देहीको जिल्ला अस्पताल भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २६ जना कोरोना बिरामी डिस्चार्ज भई घर गएका छन् ।

जेठ १९ र २० गते आइसोलेशन वार्डमा भर्ना भएका २७ जना मध्ये २६ जना कोरोना संक्रमितलाई मंगलबार डिस्चार्ज गरि घर पठाइएको भीम अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताए ।

१४ दिन आइसोलेसनमा बसेका २७ जनामध्ये एकजना बाहेक अन्य विरामीहरुमा कोरोना (कोभिड–१९) सम्बन्धि लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको उपाध्यायले जानकारी दिए । एक जनालाई भने ज्वरो देखिएकोले डिस्चार्ज गर्न नसकिएको उनले बताए । अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालका अनुसार अस्पतालका अनुसार डिस्चार्ज हुनेहरु १९ वर्षदेखि ७० वर्ष उमेरका छन् ।

डिस्चार्ज हुनेहरुमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षिय महिला, ४१ र ४३ वर्षिय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षिय महिला र ४२ वर्षिय पुरुष, मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षिय पुरुष रहेका छन् ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षिय महिला, बुद्धभुमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षिय पुरुष, शिवराज नगरपालिकाका २४ वर्षिय महिला, नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावलका गाउँपालिका २६ वर्षिय पुरुष रहेका छन् । डिस्चार्ज भएकालाई मंगलबार अस्पतालले विदाइ गरेको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ४५ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त