४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेमा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि



नेपालगन्ज । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिय महिलाको उपचारका क्रममा सोमबार साँझ साढे ६ बजे अस्पतालमा मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले मृत्यु भएकी महिलामा कोरोना देखिएको पुष्टि गरे ।

‘कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने, ‘मंगलबार राती आठ बजेमात्र रिपोर्ट आएको थियो । शवको व्यवस्थापन बुधबार मात्र हुनेछ ।’

उनको सोमबार दिउँसो कोरोना परीक्षणको लागि स्वाब संकलन गरेर भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । अस्पतालमा मृतक महिला गत जेठ ३० गते भर्ना भएकी थिइन् ।

दायाँ फोक्सामा समस्या देखिएपछि महिला अस्पताल भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालले मंगलबार राती सवा १० बजेसम्म कुनै आधिकारीक धारणा भने सार्वजनिक गरेको छैन ।

कोरोना संक्रमित महिलाको शवंलाई अहिले अस्पतालको शव गृहमा राखिएको छ ।

यसअघि बाँकेको नरैनापुरमा समेत २५ वर्षिय मृतक युवामा समेत कोरोना पुष्टि भएको थियो । यो सँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई जना पुगिसकेको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको