२ असार २०८२, सोमबार | June 16, 2025

बाँकेमा १५ मिनेटको फरकमा २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १५ मिनेटको फरकमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत पहिलो संक्रमितको आज बिहान ८ः३० बजे मृत्यु भएको १५ मिनेटमा अर्को संक्रमितको पनि मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

डीसीएमसीका कोरोना फोकलपर्शन तेज वलीका अनुसार तुलसिपुर उपमहानगरपालिका १५, दाङका ४५ वर्षिय पुरुषको आज बिहान ८ः४५ बजे मृत्यु भएको थियो भने त्यसको १५ मिनेट पछि भेरीगँगा नगरपालिका १० सुर्खेतका ३९ वर्षिया महिलाको मृत्यु भएको थियो । दाङका पुरुष साउन २१ गते संक्रमण पुष्टि भएपछि २२ गते भेरी अस्पताल भर्ना भएका थिए भने सुर्खेतकी महिला साउन ५ गतेबाट भेरीमा उपचाररत थिईन् । गयराती २ बजे रोल्पाबाट उपचार गर्न भेरी ल्याईएका एक संक्रमितको मृत्यु भएको थियो ।

आज मृत्यु भएसँगै बाँकेमा आएर अन्य जिल्लाका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३८६ पुगेको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ४२ बजे

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका

मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी

मुस्ताङ । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी

ट्रम्प विरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

काठमाडौं । अमेरिकाको चरित्र पनि आफैमा अद्वितीय रहेको छ। समा

सम्पर्क बाहिर रहेका धवल शमसेर राणा अदालतमा उपस्थित

काठमाडौँ । उपचार प्रयोजनार्थ भन्दै हाजिरी जमानीमा छुटेपछि प्रहरी सम्पर्क

आज एघारौं चुरे संरक्षण दिवस मनाईंदै

काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर