४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार दोस्रो जित



काठमाडौं । कोरोना भाइरसको महामारीपछि पुनः सुरु भएको स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले लेगानेशलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि आन्सु फाती र लियोनल मेस्सीले गोल गरे । १७ वर्षका फातीले ४२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । उनले यो सिजन ला लिगामा पाँचौँ गोल गरेका हुन् । गिनी–बिसाउका किशोर फातीले उत्कृष्ट फिनिसिङ्ग मार्फत गोल गरेका हुन् ।

६९ औँ मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो । त्यसमा मेस्सीले गोल गरेपछि बार्सिलोना २–० ले विजयी भयो । जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी पाँच कायम गरेको छ । बार्सिलोनाको २९ खेलबाट ६४ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ५९ अंक छ ।

मंगलबार राति नै भएका खेलमा भिल्लारियलले मालोर्कालाई १–० ले हरायो भने गेटाफे र स्पानियोलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको