३० असार २०८३, मंगलबार | July 14, 2026

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल सुरु



कोहलपुर । बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबार देखी सुरु भएको छ । कोहलपुर स्थित १३ विगाह फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल बराबरीमा सकिएको छ । साविक विजेता नेपालगन्जको धम्बोझी क्लब र कोहलपुर रेसिङ सहारा क्लबबिचको खेल १–१ को बराबरीमा सकिएको हो ।

खेलको २५औं मिनेटमा धम्बोझीका क्षितिज थापा मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर कोहलपुर रेसिङका ईश्वर श्रेष्ठले ५१औं मिनेटमा गोल गदैं खेल बराबरी गरेका थिए ।

खेलमा कोहलपुर रेसिङ सहाराका गोलकिपर सलोन परियारले प्लेयर अफ द म्याचको ट्रफी प्राप्त गरे । उनलाई अखिल नेपाल फुटबल संघका पुर्व उपाध्यक्ष गोर्वद्धन सिंह सम्झना र कोहलपुर गोल्ड कपका संयोजक राम बहादुर मल्ले पुरस्कृत गरेका थिए । बाँके जिल्ला फुटबल संघको आयोजनामा कोहलपुरमा सुरु भएको प्रतियोगितामा जिल्लाका ९ क्लबको सहभागिता रहेको छ ।

शनिबार एक समारोहका बीच कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले प्रतियोगिताका रेफ्री लक्ष्मण घर्तीलाई बल हस्तान्त्रण गर्दै उद्घाटन गरे । बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा फुटबल संघका पुर्व उपाध्यक्ष गोर्वद्धन सिंह सम्झना, नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल लगायतको उपस्थिती रहेको थियो ।

असारको १३ गते सम्म चल्ने प्रतियोगिता लिगकम नकआउटको आधारमा भैरहेको छ । प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।

यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् । समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।

शनिबार प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले खेलकुद र खेलाडीको विकासका लागि नगरपालिकाले सकारात्मक भएर सहयोग गर्ने बताए ।

उनले भने,‘खेलाडीलाई खेलप्रति आर्कषित गर्न, उनीहरुको प्रतिभा देखाउने वातावरण निर्माण गर्नका लागि खेलकुदको बजेट हामीले बढाउँदै लगेको छौं । स्थानीय स्तरका खेलाडीले आफनो क्षमता देखाउने अवसर पाउनु पर्छ । उनीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाउने वातावरणको निर्माण गर्ने हाम्रो उद्देश्य हो । त्यो आज पनि छ र भविष्यमा पनि रहनेछ ।’

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले फुटबलको विकासमा लिग फुटबलको महत्वपुर्ण भुमिका हुने बताए । प्रतियोगिता अन्तर्गत आइतबार बिहान हुने पहिलो खेलमा जय किसान स्पोर्टस क्लब खजुरा र न्यु डाँफे स्पोट्स क्लबबीच हुनेछ । दोस्रो खेल ओशोनिक क्लब र रोयल नेपालगन्ज फुटबल क्लबबीच हुनेछ ।

 

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : ४९ बजे

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ