१० श्रावण २०८३, आइतबार | July 26, 2026

स्वेदशकै फलफूल र तरकारीलाई प्राथमिकता दिएका छौँ : मन्त्री भट्ट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई नै बजारमा ल्याउन प्राथमिकता दिएको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले विचौलियाले काम नगर्दा किसानका तरकारी र फलफूलले बजार नपाए पनि अहिले बजारसम्म ल्याउनका लागि राम्रो व्यवस्थापन गरेको जानकारी दिए ।

मन्त्री भट्टले विदेशबाट आयात गर्ने तरकारी फलफूल पनि परीक्षण गरेर मात्र आउने उल्लेख गर्दै स्वेदशमै उत्पादन भएको तरकारी तथा फलफूललाई पनि खाद्य तथा गुण नियन्त्रण विभागले परीक्षण गरेर मात्र उपभोक्ता माझ जाने गरेको बताए ।

मन्त्री भट्टले कोरोना भाइरस जोखिमको अवस्थामा छ महिनासम्म पुग्ने खाद्यान्न रहेको र खाद्य पदार्थको अभाव हुन नदिन कृषि उत्पादनलाई बढी जोड दिएको बताउँदै कतिपय खाद्य पदार्थ विदेशबाट नल्याउँदा नपुग्ने हुनाले ल्याउनैपर्ने बाध्यता भएको स्पष्ट पारे ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : ४६ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको