६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

सैनामैना नगरपालिकाको कोभिड १९ रोकथाम र नियन्त्रणमा १ करोड ४६ लाख खर्च



बुटवल । सरकारले कोभिड १९ को रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनमा भएको आम्दानी खर्च सार्वजानिक गरेसंगै स्थानीय तहबाट पनि धमाधम् कोभिड १९ प्रकरणमा भएका आम्दानी खर्चको बिवरण सार्वजानिक गर्न थालेकाछन् । अघिल्लो हप्ता बुटवल उपमहानगरपालिकाले आम्दानी खर्च सार्वजानिक गरेसंगै बिहिबार रुपन्देहीको सैनामैना नगरपालिकाले पनि खर्च बिवरण सार्वजानिक गरेको छ ।

१ आईसोलेसन अस्पताल र ५ वटा क्वारेन्टाइन संचालन गरेको सैनामैनाले २१ हजार ९ सय १३ स्थानीबासीलाई ५१ लाख ८० हजार बराबरको राहत बितरण गरेको जनाएको छ । नगरपालिकाले कोभिड १९को रोकथाम र नियन्त्रणका लागि १ करोड ४६ लाख ४ हजार खर्च गरेको पालिकाले आज पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको छ । नगरपालिकाका अनुसार राहत सामाग्री खरिदमा ५१ लाख ८० हजार, नगर स्तरीय क्वारेन्टिन निर्माणमा ३८ लाख ९ हजार क्वारेन्टाइनमा काम गर्न खटाइएका सहयोगीको पारिश्रमिक र स्वास्थ्यकर्मी को २०७७ बैशाष
सम्मको जोखिम भत्ता २१ लाख ९७ हजार तथा सामुदायिक क्वारेन्टिन निर्माणमा ३४ लाख १६ हजार खर्च भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले १ करोड ८२ लाख ९२ हजार आम्दानी गरेर १ करोड ४६ लाख ४ हजार खर्च भएको जानकारी दिए ।

कार्कीले नगरपालिकामा सर्वसाधारणले ३९ लाख बढीको सहयोग जम्मा गरेको बताउंदै नगरपालिकाबाट १५ लाख, प्रदेश सरकारबाट १५ लाख तथा रकमान्तर गरि १ करोड १३ लाख ९१ हजार आम्दानी भएको बताए ।

सैनामैनाका क्वारेन्टाइनमा ७ सय १० जनाले सेवा लिएकोमा ४ सय १५ जना क्वारेन्टाइन अवधि पुरा गरि घर पुगेकाछन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  १२ : ४० बजे

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा