१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

राति १० बजे पछि सडकमा निस्कन प्रतिबन्ध, वृद्द अशक्त, सुत्केरी तथा बालबालिकालाई घर बाहिर ननिस्कन आह्वान



बुटवल । सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । रातीको समयमा सिमा पारीबाट नेपाल आएका नागरिकहरु क्वारेन्टाइन लुकिछिपी बस्तीहरुमा प्रवेश गर्ने, क्वारेन्टाइनबाट समेत घर सुत्न जाने जस्ता कार्यहरु हुन थालेपछि रातीको समयलाई हिड्डुल गर्न सरकारले रोक लगाएको हो ।

बन्दाबन्दीको समयमा नागरिकको सुरक्षालाई लक्षित गरी अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले यही असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको अवस्थामा लकडाउन उल्लंघन गर्ने गतिबिधि बढेसंगै गृह मन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गरी पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने आदेश जारी गरेको हो ।

मन्त्रालयले दिउंसामा पनि अत्यावश्यक कामले आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गृह मन्त्रालयले विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने र अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

वृद्ध मानिस,अशक्त तथा सुत्केरीमहिला र १० वर्ष तलका बालबालिकालाई बाहिर ननिस्कन प्रोत्साहन गर्न पनि गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

मालवाहक सवारीसाधनमा चालक र सहचालक मात्रै बस्न पाउने गरि निर्देशन भएको गृहले भनेको छ । असार १ बाट लकडाउन खुकुलो पारिएसंगै समाजमा पुरै लकडाउन खुलेको आभास आउने गरि गतिबिधी भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ८ : ३९ बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत