६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

चिकित्सकमा सक्रमित भएपछी दुइदिन राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवा बन्द



दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार चिकित्सकमा हिजो कोरोना संङ्क्रमण पुष्टि भएपछि दुई दिन सेवा बन्द हुने भएको छ ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार प्रतिष्ठानका चार चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संङ्क्रमण पुष्टि भएसंँगै अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि अस्पताल बन्द गरिने भएको हो ।

त्यसका लागि अस्पताल परिसर बन्द गर्नुपर्ने भएकाले शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द हुनेछन् । अस्पतालका करीब दुई सय कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्न लागिएको उहाले बताउनुभयो । अस्पतालले सेवा नदिने भएपछि उपचारका लागि प्रतिष्ठानमा आएका बिरामीलाई अन्य अस्पतालमा सिफारिश गरिने जनाइएको छ ।

बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्न अन्य अस्पताललाई अनुरोधसमेत गरिएको छ । सङ्क्रमित चिकित्सकको सामान्यावस्था छ ।

अहिले प्रतिष्ठानमा कोरोनाको स्वाब परीक्षण पनि भइरहेकाले यो सेवा भने नियमित चल्नेछ । रासस

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : ३६ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको