५ पुस २०८२, शनिबार | December 20, 2025

सिद्धबाबा दुर्घटना अपडेट : घाईते मध्य १ जनाको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक खण्डको सिद्धाबाबा नजिकै गत मंगलबार भएको सवारी दुर्घटनामा घाइते मध्ये एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्साका नन्दलाल बस्यालको काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।

पाल्पादेखि बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३-०१-२२ च ४५२२ नम्बरको हाइलक्स पाल्पाको सिद्धबाबा नजिकै तिनाउ नदिमा खस्दा ६ जना घाइते भएका थिए । १ जनाको बुटवलमा र अन्य ५ जनाको थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो ।

घाईते अन्य ४ जनाको काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा परी मृतक नन्दलालसँगै तिनाउ गांउपालिका वडा नं. ३ का दया पाण्डे, शिव पाण्डे , कृष्ण बस्याल, बालकृष्ण बस्याल र बिनोद बस्याल घाइते भएका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको