१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

इतिहासमा पहिलो पटक सरकारबाट खेती गर्नुपूर्व धानको समर्थन मुल्य निर्धारण



काठमाडौ। सरकारले पहिलो पटक खेती लगाउनु अघि नै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले धानको न्युनतम समर्थन मूल्य निर्धारण गरेको हो। यस अघि किसानले धान भित्राईसकेपछि वा ब्यवसायीले खरिद गरि किसानको भण्डार रिक्त हनेबेलामा समर्थन मुल्य दिएर खाद्य संस्थान मार्फत खरिद गर्ने गरिएकोमा यस वर्ष भने बाली लगाउनु अघि सरकारको समर्थन मुल्य आएको छ ।

चालु आर्थिक वर्षमा सरकारले मोटा धान प्रति क्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यमको प्रति क्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकेको थियो भने आगामी आर्थिक वर्षको लागि मोटा धान प्रति क्विन्टल २७ सय ३५ र मध्यम धान प्रति क्विन्टल २८ सय ८५ रुपैयाँ तोकेको छ। समर्थन मूल्य निर्धारण गर्दा उत्पादन लागतमा किसानको मुनाफा २० प्रतिशत र ढुवानी खर्च औसत १० प्रतिशतले हुन आउने रकम थप गरि मूल्य निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पेश भएको प्रस्तावका मूल्य तोकिएको हो।

खेतीलगाउनु पुर्व सरकारको न्युनतम समर्थन मुल्य आएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : ३९ बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत