१ कार्तिक २०८३, शनिबार | October 17, 2026

एमसीसीका बिरुद्ध बालुवाटार तर्फ बढेको साईकल प्रदर्शनमा प्रहरी हस्तक्षेप



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसिरहेका बेला अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) स्विकार गर्न नहुने भन्दै युवाबिद्यार्थीको साईकल प्रदर्शन बालुवाटार तर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ । शनिवार बिहानै युवा र विद्यार्थीले पनि एमसीसीको विरोध गर्दै साईल ¥याली सहित बालुवाटार तर्फ जाने प्रयास गरेका थिए।

८ बजे जमलबाट साइकल हुँदै बालुवाटार पुगेर विरोध गर्ने योजना बनाएका १६ युवा विद्यार्थीहरुको र्‍याली शुरु हुनै लाग्दा प्रहरीले हस्तक्षेप गरेर पक्राउ गरेको छ ।

जमलबाट अनेरास्ववियूका रविन बस्नेत, उपदेश यादव, निरोज श्रेष्ठ, पुजा कडेल, भुमिराज अघिकारी, दीपा जैशीसमेत पक्राउ परेका छन्।

युवा बिद्यार्थीले बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकलाई लक्ष्य बनाएर एमसीसीको बिरुद्ध निर्णय गर्न पार्टीलाई दबाब दिने उद्देश्यका साथ प्रदर्शनको तयारी गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १० : ३९ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ