३१ असार २०८२, मंगलबार | July 15, 2025

कोरोना भाइरसका ३३१ संक्रमित थपिए, संक्रमितको संख्या ८६०५ पुग्यो



काठमाडौं । कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घण्टामा ३३१ जना थपिएका छन् । जसमध्ये ४९ महिला र २८२ जना पुरुष रहेका छन् ।

प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना संक्रमित थपिएका छन् भने धरानस्थित वीपी कोइराला स्वासथ्इ विज्ञान प्रतिष्ठानमा झापा र सुनसरीका ३ जना संक्रमित थपिएका छन् । यसैगरी प्रदेशिक जनस्वास्थ्य कार्यालय जनकपुरमा महोत्तरी र सर्लालीका २७ जना संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा गरिएको परीक्षणमा, बारा, बागलुङ, बैतडी, गुल्मी, डडेलधुरा, डोटी, कैलाली, काठमाडौं, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा रामेछाप, रौतहट, रुपन्देही, सर्लाहीका १५७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

यस्तै, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुको प्रयोगशालामा धादिङ, पाल्पा र भक्तपुरका ३१ जनामा कोरोना देखिएको छ ।

भरतपुर अस्पतालमा नवलपरासी पूर्व र स्याङजाका ५ जनामा संक्रमण देखिएको छ भने हेटौंडामा गरिएको परीक्षणमा रौतहटका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगन्जको प्रयोगशालामा कैलालीका २ जना, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङका ६ जना, पोखराकै क्षयरोग केन्द्रको प्रयोगशालामा नवलपरासी र तनहुँका ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, भेरी अस्पतालको प्रयोगशालाबाट बाँके र बर्दियाका २१ जनामा, रुपन्देहीस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट पाल्पाका १६ जनामा संक्रमण देखिएको छ । यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पश्चिम रुकुम र दाङका १३ जनामा संक्रमण देखिएको छ ।

यससँगै हालसम्म ७४ जिल्लामा ७५६ महिला र ७८४९ पुरुषसहित ८ हजार ६०५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ४ : २८ बजे

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकी । गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दसमलव ०३

सम्मरीमाई र मर्चवारीमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण

बुटवल । रुपन्देहीको सम्मरीमाई र मर्चवारी गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एक

२४ लाख ५० हजार घुस रकमसहित भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ३ जना अख्तियारको फन्दामा

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन वझा चयन

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय