१ आश्विन २०८३, बिहिबार | September 17, 2026

मुस्ताङमा पनि छि-यो कोरोना, गण्डकीमा ५० नयाँ संक्रमित थपिए



पोखरा । गण्डकी प्रदेशमा थप ५० जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हिमाल पारिको जिल्ला मुस्ताङमा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । मुस्ताङको घरपजोङ गाउँपालिकाका एक जनालाई संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार साँझ जारि गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा मुस्ताङसहित नयाँ ५० जना संक्रमित थपिएका हुन् ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ ।

थप भएका नयाँ संक्रमितहरुमा सबैभन्दा धेरै बागलुङमा २९ जना रहेका छन् ।

जसमध्ये, गलकोट नगरपालिकाका ८ जना, बागलुङ नगरपालिकाका ६ जना, बडिगाड गाउँपालिकाका ३ जना, ताराखोला गाउँपालिकाका ८ जना र ढोरपाटन नगरपालिकाका १ जना रहेका छन् ।

यसैगरी, तनहुँको व्यास नगरपालिकाका २ जना रहेका छन् भने नवलपरासी पूर्वका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

सबै संक्रमित अहिलेसम्म सम्बन्धित पालिकाको क्वारेन्टाइनमै रहेका छन् । उनीहरू सबैलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : ०६ बजे

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई