१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

भारतबाट फर्किएका नेपालीलाई एनआरएनएको सहयोग



लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशका लागि २ हजार ५ सय पीसीआर कीट (स्वास्थ्य सामग्री) उपलब्ध गराएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सुदूरपश्चिममा भारतबाट ठूलो संख्याका भित्रिएकाहरूलाई लक्षित गरी स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । परीक्षण हुन नपाई लामो समय धेरै व्यक्ति क्वारेन्टिनमा कष्टपूर्ण तवरले बस्नुपरे पछि संघले सो सहयोग गरेको पन्तले बताए ।

उनीले कोरोना परिक्षणको लागि किटको अभाव समेत झेल्नुपरेको अवस्था थियो ।

पन्तका अनुसार संघले सुदूरपश्चिमका पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालामा गैरआवासीय नेपालीको सहयोग गर्ने भएको छ ।

गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष अभियन्ता हिक्मत थापाको सक्रियतामा एनआरएनएले सुदूरपश्चिम प्रदेशका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत् २ हजार ५ सय पीसीआर किट र सोही संख्यामा भिटिएम हस्तान्तरण गरेको हो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी निर्देशक राजेश रानाले स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको रोहवरमा शनिवार मन्त्री भट्टलाई पीसीआर कीट र भिटिएम हस्तान्तरण गरेका हुन् ।

किट हस्तान्तरण कार्यक्रमा मन्त्री भट्टले एनआरएनबाट प्राप्त पीसीआर किटमा सरकारका तर्फबाट थप किट थपेर आइतबारसम्म सुदूरपश्चिम पठाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : १५ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई