५ पुस २०८२, शनिबार | December 20, 2025

भारतबाट फर्किएका नेपालीलाई एनआरएनएको सहयोग



लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशका लागि २ हजार ५ सय पीसीआर कीट (स्वास्थ्य सामग्री) उपलब्ध गराएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सुदूरपश्चिममा भारतबाट ठूलो संख्याका भित्रिएकाहरूलाई लक्षित गरी स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । परीक्षण हुन नपाई लामो समय धेरै व्यक्ति क्वारेन्टिनमा कष्टपूर्ण तवरले बस्नुपरे पछि संघले सो सहयोग गरेको पन्तले बताए ।

उनीले कोरोना परिक्षणको लागि किटको अभाव समेत झेल्नुपरेको अवस्था थियो ।

पन्तका अनुसार संघले सुदूरपश्चिमका पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालामा गैरआवासीय नेपालीको सहयोग गर्ने भएको छ ।

गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष अभियन्ता हिक्मत थापाको सक्रियतामा एनआरएनएले सुदूरपश्चिम प्रदेशका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत् २ हजार ५ सय पीसीआर किट र सोही संख्यामा भिटिएम हस्तान्तरण गरेको हो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी निर्देशक राजेश रानाले स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको रोहवरमा शनिवार मन्त्री भट्टलाई पीसीआर कीट र भिटिएम हस्तान्तरण गरेका हुन् ।

किट हस्तान्तरण कार्यक्रमा मन्त्री भट्टले एनआरएनबाट प्राप्त पीसीआर किटमा सरकारका तर्फबाट थप किट थपेर आइतबारसम्म सुदूरपश्चिम पठाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : १५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता