७ आश्विन २०८३, बुधबार | September 23, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एकैदिन १६ उडान



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एकैदिन १६ उडान भएका छन् ।

अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएको थियो । विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेको हो । दुबैतर्फ गरी १६ उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । उहाका अनुसार नेपाल एयरलाइन्सले जापानको नारिताबाट २३६ यात्रु र तीन बालबालिका काठमाडौं ल्याएको छ ।

यस्तै हिमालय एयरलाइन्सले बङ्गलादेशको ढाकाबाट चार्टर्ड उडानमार्फत १५५ नेपाली काठमाडौं ल्याएको छ । कोरियन एयरले दक्षिण कोरियाबाट २२८ नेपाल काठमाडौं ल्याएको छ । सोही एयरले नेपालबाट २३३ यात्रु बोकेर दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ ।

त्यस्तै जजिरा एयरले कुवेतबाट १५० नेपाली ल्याएको छ । एयरअरेबियाले सारजहाबाट १६८ यात्रु र बच्चा ल्याएको छ । कतार एयरवेजले दोहाबाट कार्गो ल्याएको छ । नेपाली यात्रु लिन शनिबारनै नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एयरलाइन्से ढाका प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

आन्तरिकतर्फ श्री एयर, सीता एयर, समिट एयर, तारा एयर, मनाङ एयर र सिम्रिक एयरको हेलिकोप्टरको उडानमध्ये समिट र ताराको लुक्ला र श्रीको बाग्लुङ उडान मौसम खराबीका कारण रद्द भएको जनाइएको छ । रासस

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : ०७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११