२९ बैशाख २०८२, सोमबार | May 12, 2025

सीमा सुरक्षाका लागि विओपी स्थापना



विराटनगर । मोरङको रतुवामाई नगरपालिका–२ डोरियास्थित सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (विओपी) स्थापना गरिएको छ ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र रतुुवामाई नगरपालिकाका प्रमुुख रबिन राईले विओपीको शुभारम्भ गर्नुभएको हो । विओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी रहनेछन् ।

मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्रमा सातवटा सशस्त्र बोर्डर आउट पोष्ट सञ्चालनमा आएका छन् । यसअघि विराटनगरको वखरी, जहदा, नोचा, धनपालथान, बरडङगा लगायतका स्थानमा बिओपी स्थापना भइसकको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले सीमा क्षेत्रको सुरक्षाका लागि प्रत्येक ३.५ किलोमिटरमा पोष्ट स्थापना गरिन लागेको बताउँदै स्थानीय जनताको सेवा तथा उनीहरुको समस्यालाई ध्यानमा राख्न प्रहरीलाई निर्देशन दिनुभयो । नगरप्रमुख रबिन राईले पोष्टको स्थापनासँगै सीमा क्षेत्रमा हुने अवैधानिक क्रियाकलापहरुको नियन्त्रण र शान्तिसुुरक्षा कायम गर्न थप सहयोग पुुग्ने बताउनुभयो ।

पोष्ट स्थापनाका लागि आठ कट्ठा चार धुर जग्गा निःशुल्क उपलब्ध गराउने सनातन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पोष्टको भौतिक पूर्वाधारलगायतको निर्माणमा रतुवामाई नगरपालिकाले सहयोग गरेको छ । रासस

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ६ : १३ बजे

बुद्धजयन्ती कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुगे लुम्बिनी

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन्

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस

वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई

बुद्धले सामाजिक अन्याय, अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार-क्रान्तिको सूत्रपात गरेका थिए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा