१४ चैत्र २०८२, शनिबार | March 28, 2026

‘खानामा अदुवा, बेसार किन हालेको, मेथी किन पड्काएको ?’ – विज्ञहरुसँग सोध्न प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भान्छामा अदुवा, बेसार प्रयोगबारे जानकारी नभए विज्ञहरूसँग परामर्श गर्न सुझाव दिएका छन् ।

अन्तराष्ट्रिय योग दिवसका अवसरमा योय साधनासँग सम्बद्धहरुसंगको भर्चुअल भेलालाई सम्बाधेन गर्दै प्रधानमन्त्री ओलीले नेपाली भान्छामा प्रयोग हुने परिकारमा आयुर्वेदको औषधी मिश्रण भएको पुनस् दोहो-याएका हुन् ।

केहीदिन अघि कोरोना विरूद्ध अदुवा बेसारको प्रयोगबारे प्रधानमन्त्री ओलीले गरेको टिप्पणीको आलोचना गरिएको थियो ।

‘खानामा अदुवा किन हालेको, बेसार किन हालेको, मेथी किन पड्काएको ? भनेर विज्ञहरुसँग सोधौं ‘। प्रधानमन्त्रीले भने । ‘हाम्रो स्वास्थ्य विधिको मुल पक्ष निरोगी नेपाल हो । उपचार दोस्रो कुरामा पर्दछ’, उनले भने ।

ओलीले योग अभ्यासको निरन्तरतालाई वैज्ञानिक ढंगले प्रयोग गर्न आह्वान समेत गरे ।

उनले आहार, व्यायाम र आरामको अन्योन्याश्रित सम्बन्ध हुने भन्दै यी तीन चिज मिलाउन सकेमात्र पूर्ण योग प्राप्त हुने बताएकाछन् ।

नेपाली पुर्वजहरुले पत्ता लगाएका योग विज्ञानलाई स्वीकार गरेर संयुक्त राष्ट्र संघले आफ्नो दिवस बनाएकोमा प्रधानमन्त्रीले राष्ट्रसंघलाई धन्यवाद पनि दिए ।

योग विज्ञान यत्तिकै प्राप्त भएको बिज्ञान नभएको भन्दै उनले पुर्वजहरुको खोज, अनुसन्धान र योगदानले योग बिज्ञान प्राप्त भएको स्पष्ट पारे । ‘पुर्वजहरुको योगदानलाई हामी माथि उठाउन चाहन्छौ’, उनले भने ।

धर्ति र प्रकृतिसँग असाधारण सम्भावनाहरु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रकट भएका र अप्रकट त्यस्ता सम्भावनाहरुलाई उजागर गर्न र अनुसन्धान गरी बाहिर ल्याउन सरकारले दक्ष जनशक्ति तयार गरिने प्रतिबद्धता व्यक्त गरे ।

भर्चुअल भेलाकै बीच प्रधानमन्त्रीले योग विज्ञानसम्बन्धी पुस्तक समेत विमोचन गरेका थिए । भर्चुअल भेलामा संस्कृति, नागरिक उड्डयान तथा पर्यटन मन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, योग साधक सोनम साथी लगायत योग विज्ञानसँग सम्बन्धित विभिन्न व्यक्तित्वको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ३४ बजे

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि

ओली-लेखक पक्राउबारे संविधानविद् निलाम्बर आचार्यको टिप्पणी : प्रतिसोध र धरपकडले भलो गर्दैन

काठमाडौं । निलाम्बर आचार्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै प्रतिशोध

गृहमन्त्री गुरूङ भन्छन- ओली र लेखकलाई नियन्त्रणमा लियौँ, कानुनमाथि कोही छैन

काठमाडौं । सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान