५ पुस २०८२, शनिबार | December 20, 2025

‘खानामा अदुवा, बेसार किन हालेको, मेथी किन पड्काएको ?’ – विज्ञहरुसँग सोध्न प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भान्छामा अदुवा, बेसार प्रयोगबारे जानकारी नभए विज्ञहरूसँग परामर्श गर्न सुझाव दिएका छन् ।

अन्तराष्ट्रिय योग दिवसका अवसरमा योय साधनासँग सम्बद्धहरुसंगको भर्चुअल भेलालाई सम्बाधेन गर्दै प्रधानमन्त्री ओलीले नेपाली भान्छामा प्रयोग हुने परिकारमा आयुर्वेदको औषधी मिश्रण भएको पुनस् दोहो-याएका हुन् ।

केहीदिन अघि कोरोना विरूद्ध अदुवा बेसारको प्रयोगबारे प्रधानमन्त्री ओलीले गरेको टिप्पणीको आलोचना गरिएको थियो ।

‘खानामा अदुवा किन हालेको, बेसार किन हालेको, मेथी किन पड्काएको ? भनेर विज्ञहरुसँग सोधौं ‘। प्रधानमन्त्रीले भने । ‘हाम्रो स्वास्थ्य विधिको मुल पक्ष निरोगी नेपाल हो । उपचार दोस्रो कुरामा पर्दछ’, उनले भने ।

ओलीले योग अभ्यासको निरन्तरतालाई वैज्ञानिक ढंगले प्रयोग गर्न आह्वान समेत गरे ।

उनले आहार, व्यायाम र आरामको अन्योन्याश्रित सम्बन्ध हुने भन्दै यी तीन चिज मिलाउन सकेमात्र पूर्ण योग प्राप्त हुने बताएकाछन् ।

नेपाली पुर्वजहरुले पत्ता लगाएका योग विज्ञानलाई स्वीकार गरेर संयुक्त राष्ट्र संघले आफ्नो दिवस बनाएकोमा प्रधानमन्त्रीले राष्ट्रसंघलाई धन्यवाद पनि दिए ।

योग विज्ञान यत्तिकै प्राप्त भएको बिज्ञान नभएको भन्दै उनले पुर्वजहरुको खोज, अनुसन्धान र योगदानले योग बिज्ञान प्राप्त भएको स्पष्ट पारे । ‘पुर्वजहरुको योगदानलाई हामी माथि उठाउन चाहन्छौ’, उनले भने ।

धर्ति र प्रकृतिसँग असाधारण सम्भावनाहरु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रकट भएका र अप्रकट त्यस्ता सम्भावनाहरुलाई उजागर गर्न र अनुसन्धान गरी बाहिर ल्याउन सरकारले दक्ष जनशक्ति तयार गरिने प्रतिबद्धता व्यक्त गरे ।

भर्चुअल भेलाकै बीच प्रधानमन्त्रीले योग विज्ञानसम्बन्धी पुस्तक समेत विमोचन गरेका थिए । भर्चुअल भेलामा संस्कृति, नागरिक उड्डयान तथा पर्यटन मन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, योग साधक सोनम साथी लगायत योग विज्ञानसँग सम्बन्धित विभिन्न व्यक्तित्वको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ३४ बजे

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश