३ पुस २०८२, बिहिबार | December 19, 2025

प्रदेशस्तरीय लोकगीत प्रतियोगितामा रुपन्देही प्रथम



बुटवल । बिश्व संगित दिवसको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल प्रदेश नं. ५ ले आयोजना गरेको प्रदेशस्तरीय लोकगित प्रतियोगितामा रुपन्देहीकी लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल रुपन्देहीकी लालमाया थापा प्रथम भएकी छिन ।

त्यस्तै प्रतिष्ठान गुल्मीकी लालुमाया कुँवर द्वितीय, प्रतिष्ठान रुकुम पुर्वकी उर्मिला गौतम तृतीय र प्रतिष्ठान कपिलवस्तुका रबीन परियार र प्रतिष्ठान अर्घाखाँचीका बिशाल क्षेत्री सान्त्वना स्थान प्राप्त गरेका छन् ।
कार्यक्रमको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले भोजपुरी लोकगीत गाएर उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख घिमिरेले लोक गीत राष्ट्रको सम्पति भएकोले यसको संरक्षणमा सबैले उत्तिकै योगदान दिनुपर्ने बताए ।

स्थनीय सरकार प्रमुखको हैसियतले लोक संस्कृतिको उत्थानमा आफु सदैव तत्पर रहीरहने बताउदै त्यसको लागि सहकार्य गर्न आग्रह समेत गरे । कार्यक्रमका विशिष्ठ अतिथी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बि.जि.ले यस्तो कोरोना महामारीको समयमा हामीले आफ्नो संस्कृतिलाई भुल्न हुन्न भन्ने हेतुले लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र नया प्रतिभाको खोजी गर्ने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएकोमा खुशी व्यक्त गरे ।

विशिष्ट अतिथि संस्थापक अध्यक्ष अमर बिरही गुरु·ले लोक संस्कृति सदिऔं देखि हाम्रो गहनाको रुपमा रहदै आएको बताउदै यसको संरक्षणमा जस्तो सुकै कठिनाईमा पनि हामी निरन्तर लागिरहन्छौ भन्ने सन्देश आजको कार्यक्रमले दिएको बताए ।

कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्षहरु दुर्गा रायमाझी, प्रजापति पराजुली, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्री पंगेनी, सल्लाहकार खेम हमाल, बरिष्ठ उपाध्यक्ष, रिता थापा, महिला उपाध्यक्ष राधिका हमाल, महासचिव सुवास के.सी, सचिव प्रचण्ड जि.सी., नेपाल पत्रकार महासंघ रुपवन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, खल्ती वालेट ५ नं. प्रदेश इन्चार्ज इश्वरी ज्ञवाली लगायत प्रतिष्ठानका विभिन्न जिल्ला अध्यक्षले बोलेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष अम्बर विरही गुरु·, पुर्व अध्यक्ष दुर्गा रायमाझी र केन्द्रिय अध्यक्ष रमेश विजीले निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रमको समापन गर्दै प्रदेश ५ अध्यक्ष डिल्लीनारायण पाण्डेले छोटो समयको तयारी र प्राविधिक कठिनाईका वीच पनि प्रदेश ५ का सबै जिल्लाहरुको सहभागिता गराई प्रतियोगिता सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कला संस्कृतिको जर्गेनामा कलाकारहरु सदैव लागि परेको स्मरण गराउदै उनले कला संस्कृति सम्बन्धीको राष्ट्रिय स्तरको गोठी तथा कार्यशाला प्रदेश ५ मै गर्ने योजना रहेको बताए ।

जुम एप मार्फत गरिएको भर्चुअल प्रतियोगितामा १२ जिल्लाका २४ जना प्रतियोगि सहभागी भएको प्रतियोगिताका कलाकार संयोजक दिपु मगरले बताए । प्रतियोगितामा कोरोना सम्वन्धी विषयवस्तु समेटिएको थियो । कार्यक्रमको लुम्विनी टेलिभिजन बुटवलबाट प्रत्यक्ष प्रशासण समेत भएको थियो ।

प्रतियोगितामा सदस्य चन्द्र अधिकारी र सदस्य राम प्रसाद पौडेललले प्राविधिकको भूमिका निभाएका थिए भने द्वितीय उपाध्यक्ष नारायण वि.पि. परियार, महिला सचिव देवकला बस्नेतले कलाकार सह–संयोजनको जिम्मेवारी निभाएका थिए ।

कार्यक्रम प्रदेश ५ अध्यक्ष डिल्ली नारायण पाण्डेयको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष नारायण थापाको स्वागत र प्रथम उपाध्यक्ष दिपु मगरको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ०२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको