५ पुस २०८२, शनिबार | December 20, 2025

बिनापास काठमाडौं भित्रिने सार्वजनिक सवारी चालकलाई कारवाही



काठमाडौं । सवारी पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारवाही सुरु गरेको छ ।

नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चारवटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले सवारी पासबिना सार्वजनिक यातायातका सवारी सञ्चालन गरी चर्को भाडा असुलेको गुनासो आएकाले आवश्यक कानुनी कारबाहीका लागि चालकलाई पक्राउ गर्न थालिएको बताए ।

उद्धारका नाममा आफूखुसी लामो दूरीको सवारी साधन सञ्चालन गर्ने, सवारी पास नलिने र तोकिएको भन्दा बढी भाडा लिई यात्रु ओसारपसार गरेको आरोप प्रहरीको छ । पक्राउ पर्नेमा बाँके नेपालगन्जबाट आउँदै गरेको बा. ४ ख ४५८० माइक्रो बसका चालक राहुल डबगर, ना. ७ ख ७३९५ बसका चालक रुद्रबहादुर खत्री, बा. ४ ख ७३७३ माइक्रो बसका चालक विकाश शर्मा र झापाबाट काठमाडौं आउँदै गरेको ना. ५ ख ५८३४ बसका चालक राकेश शाक्य छन् ।

काठमाडौं उपत्यका प्रवेश गर्न तथा बाहिर जान सम्बन्धित निकायबाट जारी सवारी पास र बस तथा कारमा सवार व्यक्तिहरूको ‘पीसीआर’ परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : १२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता