२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

नेपालमा २७ प्रतिशत बढी कोरोना संक्रमित प्रदेश नम्बर ५ बाट, शिक्षक, पत्रकार जनप्रतिनिधि, स्वास्थ्कर्मी समेत संक्रमित



बुटवल । नेपालमा नोबेल कोरोना भाइरसको संक्रमितको संख्या ९ हजार २६ पुग्दा प्रदेश ५ मा मात्र कोरोना संक्रमितको संख्या २ हजार ४ सय ८३ पुगेको छ । सिङ्गो मुलुकको तुलनामा २७ प्रतिशत बढी संक्रमण ५ नम्बर प्रदेशमा फैलिएको तथ्यांकले देखाएको छ ।

सरुवा रोग बिशेषज्ञहरुले नेपालमा समुदायमा कोरोना भाइरसको प्रकोप नफैलिएको दाबी गरेपनि ५ नम्बर प्रदेशका कतिपय संक्रमितहरुको ट्राभल हिस्टोरीको आंकलन गर्दा बिदेशबाट नआएका, संक्रमितलाई क्वारेन्टाइनमा सेवा दिएका वा संक्रमितको उपचार गरेकाहरुमा संक्रमण फैलिएको पाईएको छ । संक्रमित नजिक पुगेर समाचार संकलन गरेको सञ्चाकर्मीहरु पनि प्रदेशमा संक्रमित भएका छन् ।

समुदायका बिभिन्न ब्यक्ति देखि जनप्रतिनिधिहरु समेत संक्रमित भएको अवस्थामा पनि प्रदेश ५ स्वास्थ्य निर्देशनालयले भने समुदाय स्तरमा कोरोना नफैलिएको बताएको छ । निर्देशनालयका प्रवक्ता बरिष्ठ जनस्वास्थ प्रशासक रोसनलाल चौधरीले २, ४ जनामा संक्रमणदेखिंदैमा समुदायमा फैलिएको भन्न नमिल्ने बताउंछन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै कपिलबस्तु जिल्लाका छन् । प्रदेश ५ का १२ जिल्लामध्ये कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै ७०३, बाँकेमा ३४२, दाङमा २६०, रूपन्देहीमा २५०, अर्घाखाँचीमा २३९, गुल्मीमा १८०, बर्दियामा १५४, प्युठानमा १०१, पाल्पामा ७९, नवलपरासी पश्चिममा ७३, रोल्पामा ४४ र रूकुम पूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयले उल्लेखित तथ्यांकमा ३१ जनाको जिल्ला बर्गिकरण गरेको छैन ।

प्रदेश ५ मा कोरोना भाइरस संक्रमणका कारण १० जनाको मृत्युु भएको र ९ सय ३३ जना उपचारपछि निको भएर घर फर्किएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका चारवटा कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा समेत गरी १२ सय १८ जना उपचाररत छन् । तीमध्ये ७ जना आईसीयूमा छन् ।

आइतबारसम्म प्रदेश ५ मा ८ हजार बढी स्वाबको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ भने १२ जिल्लाका क्वारेन्टिनमा २२ हजार ५ सय २१ जना रहेका छन् । हाल सम्म ४ वटा प्रयोगशालाबाट पीसीआर परिक्षण भईरहेकोमा २ वटा पीसीआर थप गरि ४ प्रयोगशालाकाट ६ वटा पीसीआरबाट परिक्षण सुरु भएको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेसबुक मार्फत जानकारी दिएकाछन् ।

पीसीआर परिक्षण बढ्दै जांदा संक्रमितको संख्या पनि थप हुने सम्भावना बढी भएको निर्देशनालयले अनुमान गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १२ : २० बजे

कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने

काठमाडौं । नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत

नेपालीमा फैलँदै ग्रेटर नेपाल प्रतिको चेतना

बुटवल । भारतले सांस्कृतिक पहिचान भन्दै हालसालै ग्रेटर भारतको नक्सा

Nepal becomes self-reliant on cornea production, Nepal Eye Bank

KATHMANDU: With the rise in number of eye donors in

कर्णालीको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासन प्राथमिकता

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

लखनउ । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार