१९ आश्विन २०८३, सोमबार | October 5, 2026

संकटमा परेको राज्यलाई उद्योगी व्यवसायीहरुको साथ, धमाधम कर तिर्दै



काठमाडौं । सरकारले कर तिर्न दिएको समय सीमाप्रति असन्तुष्टि जनाएका उद्योगी व्यवसायीहरुले स्वतस्फूर्त रुपमा कर तिरेर राज्यलाई सहयोग गरेका छन् ।

उद्योगी व्यवसायीहरुले असार महिना सुरु भएसँगै धमाधम कर तिर्न थालेका हुन् । सर्वोच्च अदालतले केही दिन अघि लकडाउनका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई तत्काल कर तिर्न बाध्यन नबनाउन निर्देशन दिएको थियो ।

कर तिर्ने समयसीमा तोकेको सरकारको निर्णय तत्काल कार्यान्वयन नगराउन भन्दै सर्वोच्चले उद्योगी व्यवसायीको पक्षमा निर्णय दिएपनि उनीहरुले राज्य संकट परेको बेलामा सहयोग गर्नुपर्ने भन्दै स्वतस्फूर्त रुपमा कर तिर्न थालेका हुने ।

उद्योगी व्यवसायीको यो कामबाट संकटको बेलामा राज्यलाई सबैको साथ मिल्छ भन्ने सकारात्मक सन्देश प्रवाह भएको छ ।

अहिले सबै करदाता कार्यालयहरुमा व्यवसायीहरुको चहलपहल बढेको छ । आइतबार मात्रै सूर्य नेपालले ९० करोड कर तिरेको छ । एनसेलले १ अर्ब २२ करोड कर तिरेको छ । नेपाल टेलिकमले पनि ९२ करोड रुपैयाँ कर तिरिसकेको छ ।

सूर्य नेपालजस्तै ठूला व्यवसायीहरुले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर तिर्न थालेका हुन् । जसका कारण जेठ महिनामा अति न्यून रहेको राजस्व संकलन असारको पहिलो सातामै ह्वात्तै माथि आएको छ । सात दिनभित्र ठूला करदाता कार्यालयले मात्रै ९ अर्ब भन्दा बढी राजस्व संकलन गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आफ्ना सदस्यहरुलाई राज्यलाई निमानुसार बुझाउनुपर्ने कर बुझाउन आग्रह गरेका थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आम्दानीले खर्च धान्न मुस्किल परेको संसदमै बताएका थिए । दैनिक खर्च धान्न मुस्किल परेपछि सरकारले हालसम्म सरकारले १ सय ६५ अर्ब भन्दा बढि आन्तरिक ऋण उठाइसकेको छ।

उद्योगी व्यवसायीहरुले पनि राज्यलाई समयमै कर तिरेर संकटबाट जोगाउन प्रयत्न गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : ०७ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित